संविधान लेखिदिन्छौं, भत्ता चाहिदैन: बार अध्यक्ष खड्का


ताप्लेजुङ, फाल्गुन १८ - नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमवहादुर खड्काले सभासद्हरुले संविधान लेख्न नसके कानुन व्यवसायीले तयार पारिदिने बताएका छन् ।
'हामीलाई भत्ता चाहिएन । भत्ता तपाईहरु (सभासदहरु) ले नै लानुहोस्', जिल्ला बार भवन सिलान्यासका क्रममा बुधवार खड्काले भने, 'संविधान बनाउन नसक्ने हो भने कानुनव्यवसायीले मस्यौदा गरिदिन्छौं ।'
खड्काले संविधानसभाको म्याद थपका लागि बाटो खुल्ने गरी सर्वोच्चले गरेको फैसलाप्रति आपत्ति समेत जनाए । सर्वोच्चका न्यायाधीश बलराम केसीसहितको इजलासले संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने औंल्याउदै म्याद थपका लागि आधार खडा गर्ने फैसला हालै गरेको हो । 'सर्वोच्चको फैसला आपत्तिजनक र त्रुटिपूर्ण छ । त्यसमा बारको असहमति छ', उनले भने ।
संविधान निर्माणमा भइरहेको ढिलाई र सर्वोच्चको फैसलाको विरोधमा खड्काले अधिकांस समय खर्चिएका थिए । सिलान्यास कार्यक्रममा सहभागी सभासद सुर्यमान गुरुङलाई प्रतिनिधि पात्र बनाउदै उनले कानुनव्यवसायी संविधानको मस्यौदा समयमै बुझाउन तयार रहेको बताएका थिए । गुरुङ्गप्रति लक्षित गर्दै भने, 'यो सन्देश सवै सभासद्लाई पुर्र्‍याइदिनुहोस् । अब पनि संविधानसभाको म्याद थप्न खोजे जनताले छोड्नेवाला छैनन् ।'
राजाको शासनमा राजनीतिक दलका नेताहरु वन्दी हुँदा कानुन व्यवसायीले आन्दोलन गरेको स्मरण गर्दै खड्काले भने, 'हिजो तपाईहरुलाई न्याय दिनु पर्छ भनेर हामी कुर्लियौं । आज तपाईहरुवाट जनताले न्याय नपाउने अवस्था नआओस् ।'
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login