चितवन, फाल्गुन १९ - गत मंसिरमा निकुन्ज भित्रको टाइगरटप्स होटलमा गोली पड्काएको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनको धरौटीमा रिहा भएका पुर्व युवराज पारस शाह फेखि तारेख लिन बिहीबार चितवन आउने भएका छन् ।
पारस शाहबिरुद्ध गत मंसिरमा टाईगर टप्स होटलका पाहुना बंगलादेशी नागरिक रुबेल चौधरी -सुजाता कोइरालाका छोरी ज्वाई) माथि ज्यानमार्ने उद्योग गरेको आरोपमा जिल्ला प्रहरीले पक्राउ गरेको मुद्धामा प्रशासनले १० हजार धरौटी लिएर तारेखमा रिहा गरेको थियो ।
पारस बिरुद्ध सरकारवादी फौजदारी मुद्धा दर्ता भएकाले वारेश वा वकिलहरुलाई पठाउन नपाइने कानूनि ब्यबस्था रहेकाले पारस आफै आउने भएका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले बिहिवार पारसलाई तारेख दिएर उनका साक्षि र सरकारी साक्षीहरु भिकाउन आदेश दिन सक्ने वरिष्ठ अधिबक्ता कृष्णभक्त पोखरेलले जानकारी दिए । 'त्यसै दिन पनि फैसला त हुन सक्छ तर त्यो प्रकृया केहि लामो हुने भएकाले फेरी अर्कोदिनको तारेख दिने सम्भावना पनि त्यतिकै छ,' उनले भने ।
चितवनमा उनका सहयोगी फणिन्द्र भण्डारीले दिएको जानकारी अनुसार पारस आज बिहान दश बजे चितवन आइपुग्ने र आफ्ना सर्मथकहरु सहित जिल्ला प्रशासनमा तारेख लिन जाने कार्यक्रम निर्धारण भएको छ । त्यसका लागि उनका सर्मथकहरु हिजोदेखि नै चितवनका अधिकांस होटलमा आएर बसेका छन् । उनलाई अबिरजात्रा र बाजागाजासहित जिल्ला प्रशासनमा पुर्याउने योजनामा उनका सर्मथकहरु देखिएका छन् ।
जिल्ला प्रशासनवाट पारस बाहिरिएपछि उनका सर्मथकहरुले नजिकैको पारस बसपार्कमा एक सार्वजनिक कार्यक्रम आयोजना गरेर पारसलाई सम्बोधन गर्न लगाउने तैयारीमा जुटेका छन् । यद्यपी यसवारे पारसको निजि भनाई सार्बजनिक भएको छैन् । त्यसपछि आफ्ना सुभेच्छुकहरु भेटन आज साँझ नै पारस हेटौंडा पुग्ने भएका छन् ।
हेटौडा र वीरगंजवाट चार हजार भन्दा बढि पारसका सर्मथकहरु हिजो साँझदेखि नै भरतपुर, नारायणगढ , सौराहा र नवलपरासीका रिसोर्ट र होटलहरुमा भरीभराउ भैसकेका छन् । पारस हेलिकप्टरवाट चितवन आउने तैयारीमा रहेपनि उनका सर्मथकहरुले गाडिमै आउन सल्लाह दिएका छन् ।
उनको स्वागतकालागि राजमार्गमा बिभिन्न स्थानमा तुल र ब्यानर टांग्ने तैयारी पुरा भएको छ । यसै बिच चितवनमा उनको सुरक्षाकालागि थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
source:-ekantipur









0 commentaires