बिदेशी चलचित्रमा नेपाली नायक


नेपाली नायक रेश मरहठ्ठाले अमेरिकन कम्पनीसँग मिलेर दुर्इ भाषामा चलचित्र बनाउने भएका छन्। उक्त चलचित्र अंग्रेजी तथा नेपाली भाषामा एकसाथ बन्ने भएको छ। यस चलचित्रको निर्माणका लागि सयुक्त निर्माण कम्पनीको खोजी गर्दै उनले केही समय अगाडी अमेरिकाको लेजेन्ट फिल्मसलार्इ उक्त चलचित्रको कथा पठाएपछी उक्त कम्पनीले सो कथामा आधारित चलचित्र बनाउन तयार भएको जानकारी प्राप्त भएको छ।
'रूट' नाकरण गरिएको उक्त चलचित्रमा नेपाली तथा अंग्रेजी प्राबिधिकहरूको मिश्रन रहने छ। यस चलचित्रका लागि कलाकारहरूको खोजी फेसबुकको माध्यमबाट पनि गरिएको थियो। प्रविण अधिकारीको पटकथा र संवाद भएको यस चलचित्रमा बिभिन्न राष्ट्रका कलाकारहरूले एक साथ काम गर्ने भएको छ। यस चलचित्रको नेपाली भाषाको संस्करणमा गित तथा व्दन्द रहने छ।
यही मे महिनाबाट छायाँकन शुरू गर्ने योजना रहेको यस चलचित्रको कलाकारहरू छान्ने काम सकिन लागेको छ। यस चलचित्रको छाँयाकन नेपालको बिभिन्न पर्यटकिय क्षेत्रमा नेपाली कला तथा संस्कृतिलार्इ समेटिएर गरिने भएको छ।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login