पशुपतिमा सुरक्षाकर्मी बढाउन प्रधानमन्त्रीको निर्देशन



अर्जुन सुवेदी, काठमाडौं, फागुन १६ - सुरक्षा अवस्था नराम्रो भएको भन्दै प्रधानमन्त्री झलनाथ खनालले सुरक्षाकर्मीको संख्या बढाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।

बुधबार परेको शिवरात्री पर्वको तयारी बारे जानकारी गराउन सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेको कोषका पदाधिकारीहरुलाई कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री खनालले यस्तो निर्देशन दिएका हुन्।
'सुरक्षा अवस्था बुझ्नुभएकै छ।' प्रधानमन्त्री खनाललाई उदृत गर्दै कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले नागरिकसंग भने 'सुरक्षाकर्मीको संख्या दोव्वर गरेरै भएपनि सुरक्षा व्यवस्था कडा हुनुपर्छ।' उनका अनुसार सुरक्षाकर्मीको संख्या बारे प्रधानमन्त्रीले चासो राखेपछि कोषले ३८ सय सुरक्षाकर्मी व्यवस्था गरेको जानकारी गराएको थियो।

भेटमा प्रधानमन्त्री खनालले कोषले छिटो पशुपतिनाथ मन्दिरको दर्शन गर्नका लागि व्यवस्था गरेको रु एक हजारको सशुल्क टिकटको जिज्ञासा राखेका थिए। प्रधानमन्त्रीको निर्देशन पछि कोषले सुरक्षाकर्मीको संख्या दोव्वर गर्नेबारे गृहकार्य गरिरहेको बताए। 'प्रधानमन्त्रीबाट निर्देशन भएबमोजिम सुरक्षा व्यवस्था मिलाउन गृहकार्य भैरहेको छ ' वैद्यले भने। उनका अनुसार प्रधानमन्त्री खनालले पशुपतिको भेटीघाटी पारदर्शी गराउन, कोषको गुरुयोजनाको म्याद सकिएकाले नविकरण गर्न, मन्दिरका पुजारीका विषयमा भएको विवादको दिर्घकालिन रुपमा टुंगो लगाउन समेत निर्देशन दिएका थिए। कोषका पदाधिकारीहरु सहित मन्त्री गंगाधार तुलाधर, मुख्य सचिव, संस्कृती सचिवले प्रधानमन्त्रीसंग शिवरात्रीको बारेमा छलफल गरेका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले प्रधानमन्त्रीको निर्देशन बमोजिम सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेकेा जानकारी दिए। 'सुरक्षा सम्वन्धि सवै व्यवस्था पुरा भैसकेकेा छ। ' जिल्ला सुरक्षा समितीका संयोजक समेत रहेका ढकालले भने 'यसमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र पशुपति क्षेत्रविकास कोषले व्यवस्था गरेका स्वयमसेवक समेत खटिनेछन्। उनले यसपाली गतबर्ष भन्दा बढी भक्तजन आउने र प्रधानमन्त्रीबाट समेत सुरक्षाकर्मी थपेरै भएपनि सुरक्षा व्यवस्था प्रभावकारी गराउन निर्देशन भएपछि सुरक्षाकर्मीको संख्या बढाएर सुरक्षा व्यवस्था कडाई गरिने उनको भनाई थियो। कोषले यसबर्ष झण्डै सात लाख भक्तजन आउने दावी गरेको छ। भारतमा कुम्भ मेला परेको कारणले गत बर्ष पाँच लाखले पशुपतिनाथको दर्शन गरेका थिए।

कोषका परिषद सदस्य प्रवेशराम भण्डारीका अनुसार बुधबार राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति रामवरण यादवले पुजाआजा गर्ने व्यवस्था मिलाइएको छ। सो समयमा सर्वसाधारणका लागि पुजा बन्द गरिने भण्डारीले जानकारी गराए। उनका अनुसार राष्ट्रपतिलेे पुजा गर्ने समयको आसपासमा प्रधानमन्त्री पनि उपस्थित हुँदा सुरक्षा व्यवस्था सहज हुने भएकाले प्रधानमन्त्रीलाई सोको बारेमा पनि जानकारी गराइएको थियो।

त्यसै शिवरात्रीभर सोमबार देखि तीन दिन सम्मका लागि पशुपतिनाथ मन्दिरका आसपासका क्षेत्रहरु तीनकुने, गौशाला चावहिल लगायतका क्षेत्रमा लोडसेडिङ नहुने कोषले जनाएको छ। यसअघि छ महिना पहिले मात्र मन्दिरपरिसरमा लोडसेडिङ हटाइएको थियो।



त्यसैगरि शिवरात्री पर्वलाई बढी सुरक्षित बनाउन भन्दै यसअघिनै कोषले मुख्य चार गेटमा सिसिटीभी क्यामेरा जडान गरिसकेको छ। कोषले पशुपतिनाथको शास्त्रीय विधि अनुसार पुजापाठ गर्ने र पशुपतिनाथको विशेषतासहितको १ घण्टा १५ मिनेटको वृतचित्र समेत तयार पारेर शिवरात्री पर्वमा प्रधानमन्त्री खनालको हातबाट उदघाटन गर्ने जनाएको छ।

यसबर्ष तीनहजारको संख्यामा साधुहरुको उपस्थित भैसकेको दावी कोषाध्यक्ष वैद्यले गरे। उनले यसबर्ष करिव पाँच हजार सशुल्क टिकट विक्रि हुने बताए।

उनका अनुसार दर्शनका लागि मंगलबार देखिनै बनकालीमा २ लाइन, भुवनेश्वरीमा २ लाइन, मित्रपार्कबाट १ र उमापार्कबाट १ लाइनको व्यवस्था मिलाएको छ।

सजिलो दर्शनकालागि ४० स्वयंसेवक संस्थाहरुका करिब ६ हजार स्वयंसेवकहरु खटिने छन्।


source:-nagriknews

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login