संजय सौगात बुटवल, २१ फागुन -जापान सरकारले बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तर वृद्धिका लागि करिब छ करोड ७८ लाख ६७ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
आम्दा बहुपक्षीय तथा एकीकृत विकास सेवा (आम्दा मिन्डस्) जापानले बुटवल नगरपालिका र स्थानीय उद्योग वाणिज्य स ्घसँग समन्वय गरी सो अस्पतालको स्तरवृद्धि योजना कार्यान्वयन गर्नेछ । आम्दा नेपालले सन् १९९८ मा स्थापना गरेको सो अस्पतालको स्तरवृद्धि गर्ने उद्देश्यले ३६ शैयासहित ४६ कोठे भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गर्न तथा स्वास्थ्यकर्मीह का लागि तालिम दिन सहयोग केन्द्रित हुने जानकारी दिएको छ । शुक्रबार जापानी दूतावासमा आयोजित सो सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यवाहक राजदूत तादासि फुजिवारा र योजना प्रबन्धक तथा आम्दा मिन्डस् जापानका नेपाल संयोजक कोबी याशीले हस्ताक्षर गरे ।
सो अवसरमा कार्यवाहक राजदूत फुजिवाराले जापानले स्वास्थ्य, शिक्षा, सडक, विकास निर्माणलगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गरे । आम्दा मिन्डस्का यहाँस्थित संयोजक तथा कार्यक्रम प्रबन्धक याशीले काठमाडौं बाहिर सञ्चालित एकमात्र नेपालको उक्त बाल तथा महिला अस्पतालले त्यसभेगका जनतालाई गुणस्तरीय एवम् सर्वसुलभ सेवा प्रदान गर्न लागि परेको बताए ।

source:-dainikee

0 commentaires