विराटनगर, फाल्गुन २१ - सुनसरीका विभिन्न स्थानबाट हतियारसहित युवाहरु पक्राउ परेका छन् । इटहरी ४ मा एक युवालाई इटालीमा बनेको पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने इटहरी-४ का नेत्रवहादुर पौडेल छन् । उनको साथवाट पेस्तालसहित दुई थान गोली र दुईवटा म्यागजिन बरामद भएको प्रहरी निरीक्षक श्यमाल सुब्बाले बताए । यस्तै इलाका प्रहरी पकलीले भासी गाविसको झुम्काबाट पेस्तोलसहित दुई गोली, खुकुरी र छुरीसहित चारजनालाई पक्राउ रेको छ ।
पक्राउ पर्नेमा भासी-५ का ३२ वर्षीय प्रकाश श्रेष्ठ, २८ वर्षीय चेजन्द्र सिंह, २८ वर्षीय भीम राई र श्रीपुर-७ का ३३ वर्षीय हैदर अली छन् । उनीहरुले प्रयोग गरेको को५प ७९२३, को २ प ४२६६, र को४प २९६८ नम्बर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
source:-ekantipur









0 commentaires