किशुनजीको स्वास्थ्य 'क्रिटिकल'


काठमाडौं, फाल्गुन २० - पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थिति निरन्तर खस्कदै गए पछि उपचाररत चिकित्सकहरुले हाल समग्रमा उनको स्वास्थ्य स्थिति अत्यन्त संकटपुर्ण बनेको जनाएका छन् । उनको शरीरको विभिन्न प्रणालीहरु काम न गर्ने स्थिति बिहीबार अवेर राती सम्म यथावत छ ।
भट्टराईलाई वुधवारदेखी नै 'बी-प्याप' भनिने 'एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टम'मा राखिएको छ । चिकित्सा तथ्यपत्रहरुको अनुसार शरिरको स्वास प्रस्वास प्रणालीले तीव्र रुपमा काम गर्न छोडन थाले पछि 'वि-प्याप'मा राखिने गरिएको छ । 'वाईलेभेल पोजेटिभ एयर प्रेसर' भनिने वि-प्याप स्वास प्रस्वासमा सघाउने यन्त्र हो । यसको उपयोगले रोगीको फोक्सोमा बढी मात्रामा हावा पुग्ने गरेको छ ।
'हामीले सवै आधादने (सपोर्टिभ) स्याहार दिई रहेका छौं', उपचारमा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका डा.भारत रावतले भने-'तर समग्रमा उनको स्वास्थ्य स्थिति संकटपुर्ण (क्रिटिकल) छ ।' भराईलाई हाल 'वी-प्याप' भनिने वाह्य भेन्टिलेटरमा राखिएको समेत डा.रावतले वताए ।
'उनको शरिरको विभिन्न प्रणालीहरु काम न गर्ने स्थिति यथावत छ', उनका उपचारमा संलग्न अर्का चिकित्सक डा.श्याम वहादुर पांडेले भने-'केहि फरक देखिएको छैन स्थिति जस्ताको त्यस्तै छ ।'
डा.रावतका अनुसार हाल उनको रक्तचाप, नाडी र रगतमा अक्सिजनको स्तरलाई कायम राखिएको छ ।'यस उनको स्वास्थ्य स्थिति वुधवारको दाजोमा आज बढी (स्टैवल)स्थिर छ', डा.रावतले भने-'तर पिसाव वन्ने प्रकृया धेरै कम छ, यो सवै भन्दा ठुलो समस्या हो ।' वुधवार भने भट्टराईको पिसाव वन्ने प्रकृया धेरै हद सम्म रोकिएको थियो ।
 'उनलाई सामान्य रुपमा अक्सिजन दिंदा न पुगे पछि अहिले विप्याप मै  २४ सै घन्टा अक्सिजनको स्तर मिलाउने ग राखिएको हो', डा.रावतले भने-'सामान्यको दाजोमा भट्टराईको रगतमा अक्सिजनको स्तर धेरै तल भएकोले यसो गर्नु परेको हो ।' ८७ वषिर्य भट्टराईको स्थिति वताउदै डा.रावतले विहिवार राती भने-'उनी आंशिक रुपमा चेतन भए पनि बोल्न/सञ्चार गर्न सक्दैनन ।'
भट्टराई हाल दुई साता देखी नर्भिक ईन्टरनेशनल हस्पिटलको आई.सि.यु.मा छन । भट्टराईलाई श्वासप्रश्वास र शर सुन्निने समस्या देखिएपछि २१ दिन अघि नर्भिकमा भर्ना गरिएको थियो । चिकित्सकहरुको अनुसार भट्टराईलाई छातीको पुरानो सिओपिडि-क्रोनिक अब्सट्रक्टिभ पल्मोन डिजिज) छ । उनलाई क्रोनिक हार्ट(मुटू)फेल्योर र क्रोनिक रेनल-मृगौला)फेल्यौर समेत छ । भट्टराईको छातीमा समेत संक्रमण छ ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login