नकारात्मक सोचले मृत्यु निम्त्याउँछ (स्वास्थ्य)


काठमाडौं, फाल्गुन १६ - नकारात्मक सोचका कारण मानिसको अल्पायुमै मृत्यु हुने मनोवैज्ञानिकहरुको ठहर छ ।वैरभाव, क्रोध, नैराश्यता, क्लेश र चिन्ता जस्ता नकारात्मक सोच र अनुभूतिले मस्तिष्कको बायाँ गोलार्ध वा भागलाई क्रियाशील गर्नुका साथै हाम्रो शरीरको कोशिकाको संख्या घट्ने र कमजोर हुने हुन्छ र यसले मानिसको आयु घटाउँछ ।
क्रियाशील पत्रकार महिला (डब्ल्युडब्ल्युजे)को आयोजनामा सम्पन्न पत्रकार महिला भेलाको अवसरमा संचालित ‘प्रशंसनीय दृष्टिकोण’ विषयक तालिममा नेपालमा अभ्यासकर्ता मानिएका बुद्धि तामाङले पूर्वीय दर्शनले समेत अङ्गीकार गरेको सकारात्मक सोचको अवधारणा मानवीय विकासको लागि अत्यावश्यक भएको बताए ।
उत्तरआधुनिक मनोवैज्ञानिक क्लिप सेरोन र रिचार्ड जे डेभिडसनका अनुसार सकारात्मक सोचले मानवको आयु वृद्धि हुन्छ भने नकारात्मक सोचले मानव शरीरको रोग प्रतिरोधक प्रणालीमा नकारात्मक असर पार्छ ।
संयुक्त राज्य अमेरिकाका ओहायो प्रान्तका मनोवैज्ञानिक डेभिड कुपरराईडर प्रवर्तक मानिएको सकारात्मक सोच अर्थात प्रशंसनीय दृष्टिकोण यस्तो अवधारणा हो जसका कारण मानिसमा प्रतिकूल र असहज परिस्थितिमा पनि धैर्य र निडर भएर आफ्नो जिम्मेवारी वहन गर्ने शक्ति रहन्छ ।
अहिलेसम्म भएका अनुसन्धानहरुबाट नकारात्मक सोचले मानिसमा रक्तचाप, चिनी रोग, दम, खोकी, टाउको दुःख्ने, पेटको गडबडी, अल्सर, मुट रोग, हड्डी सम्बन्धी रोगको खतरा दोब्बर बढाएको देखाएको छ ।
डेनियल गोलमैनको पुस्तक ‘डिस्ट्रेक्टिभ इमोसन’ नामक पुस्तकमा जनाइएअनुसार यूरोप र अमेरिकामा २५ हजार व्यक्तिमा गरिएको अध्ययनमा जम्मा ५०० जनामा मात्रै सकारात्मक सोच रहेको पाइयो । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login