तीन हजार वर्ष पुरानो मुस्ताङे गुफामा 'आधुनिक बंगला'


अनुसन्धान भइरहेको एक गुफाको स्केच। तस्बिरः पुरातत्व विभाग

ज्ञान न्यौपाने, काठमाडौं, फागुन १६- मुस्ताङका प्राचीन गुफाहरूमा आधुनिक जीवनशैलीका अवशेष फेला परेका छन्। तीन हजार वर्ष पुरानो मानिएको मानवनिर्मित एक गुफाको बनोट बंगलाजस्तै छ। अनुसन्धानका क्रममा अहिलेकै जीवनशैलीसँग मेल खाने किसिमका विभिन्न चिह्न भेटिएको पुरातत्व विभागले जनाएको हो। विभागका अनुसार २० कोठे गुफामा भेटिएका पूजाकक्ष, ध्यानकक्ष, भान्सा र शयनकक्ष तथा चर्पीका अवशेष अहिलेकै सभ्यतासँग मेल खाने खालका छन्।

भिरालो र जोखिमयुक्त पहाडमा बनाइएका गुफाको अध्ययनका क्रममा भेटिएका मानव कंकाल १५ सय वर्ष पुराना र तिब्बती बोन धर्मको ८ हजार पृष्ठको ग्रन्थ १४औँ शताब्दीको रहेको पुष्टि भएको अनुसन्धान प्रतिवेदन विभागले शुक्रबार सार्वजनिक गरेको थियो।
गुफामा दैनिक जीवनमा आवश्यक कक्षहरूसँगै शव राख्ने कोठासमेत छुट्टै भेटिएको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले बताए।

अहिलेका आधुनिक बंगलामा झैं गुफाभित्र प्रत्येक कोठामा हावा र प्रकाश छिर्ने व्यवस्था मिलाइएको छ।

अमेरिकी पुरातत्वविद्को समेत संलग्नतामा सन् २००८ बाट सुरु मुस्ताङका प्राचीन गुफाको जारी अनुसन्धान २०१३ सम्म गरिने विभागले जनाएको छ।

स्थलगत अध्ययनले तत्कालीन मानवीय जीवनयापन शैली पत्ता लागेको अनुसन्धाताले जनाएका छन्। 'एउटै गुफाभित्र धेरै कोठा भेटिए, एउटैमा २० कोठासम्म,' लामाले भने। २० कोठे गुफालाई पुरातŒवविद्ले 'झोङ क्योरे नर्थ' नाम दिएका छन्।

पूजा कोठामा विभिन्न धार्मिक चित्र र खाना पकाउने ठाउँमा भाँडाका टुक्रा भेटिएको उनले जानकारी दिए। 'गुफाभित्र पनि अहिले बाहिर बस्तीमा रहेका जस्तै ढाँचाका चर्पी भेटिए,' लामाले भने।

रेखदेख अभावले गुफाहरू भत्किँदै गएको र माटोले पुरिएर कतिपय गुफामा जानसमेत नसकिने अवस्था रहेको विभागले जनाएको छ।

अध्ययनमा विभागका अनुसन्धान अधिकृतसँगै अमेरिकी मानवशास्त्री तथा पुरातत्वविद् मार्क एलेर्न्डफर र पाँचपटक सगरमाथा आरोहण गरेका पिटर एथेन्स संलग्न छन्।

 source:-nagriknews


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login