भारतीय सुरक्षाकर्मीद्वारा नेपाली बेपत्ता


गुलरिया, फाल्गुन १० - चोरीसिकारी आरोपमा पक्राउ गरिएका नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेपत्ता पारेको छ ।
पाँच दिनअघि पक्राउ बर्दिया जमुनी ९, शान्तिपुर बस्ने ५० वर्षीय हर्कबहादुर शाहीलाई बेपत्ता पारेको परिवारले बताएका छन् । उनलाई भारतको सीमावर्ती लम्बीकुवुस्थित एसएसबी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । भारतीय सीमावर्ती जंगलमा चोरी सिकारी गर्न उनीसहित ६ जना गएका थिए । अन्य सिकारी भागेर बँचेका थिए ।
सिकारीले गोली चलाउँदा एसएसबीका एक सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य उपाध्यायले बताए । चोरी सिकारीको आरोप लागेका शाहीलाई जिल्लाको जमुनी ७, डाँफेबाट कुटपिट गर्दै एसएसबीले भारत लगेको स्थानीय बासिन्दाले बताएका छन् । 'एसएसबीको पिटाइबाट बेहोस शाहीलाई अचेत अवस्थामा लगिएको हो', एक जना प्रत्यक्षदर्शीले बताए ।
भारतीय सुरक्षा बल एसएसबीका अधिकारीले शाहीलाई पक्राउ नगरेको दाबी गरेका छन् । घटनाबारे नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले एसएसबीसँग सम्पर्क राखेको उपरीक्षक उपाध्यायले बताए । 'शाही भन्ने कुनै पनि व्यक्ति पक्राउ नपरेको एसएबीले बताए पनि भारतीय सञ्चार माध्यमले चोरीसिकारी पक्राउ गरिएको समाचार टिभी च्यानलहरूबाट प्रसारण गरेका थिए ।
अधिकारकर्मीको टोलीले भारतीय सुरक्षाकर्मीसँग सम्पर्क राखे पनि शाहीको स्थितिबारे कुनै जानकारी नपाएको जनाए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भारतीय सीमावर्ती जिल्ला बहराइचका समकक्षीसँग सम्पर्क गर्ने बताए ।
सीमाको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारसँग सम्पर्क राख्नुपर्ने जनाएका छन्् । शाहीको पक्राउ र बेपत्ताको विषयलाई लिएर सदरमुकाम गुलरियादेखि पूर्व दक्षिण करिब ३० किलोमिटर टाढा रहेको सीमावर्ती शान्तिपुर गाउँ अहिले तनावमा छ ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login