प्रकाश डोटेल स्याङ्जा–५, फागुन स्याङ्जाको दार्सिङ दहथुम गाविसमा रहेको दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि बयरघारीमा मंलबारबाट शुरु भएको श्रीमद् भाग्वत ज्ञान महायज्ञको तेस्रो दिन विहिबार सम्ममा झण्डै ४० लाख संकलन भएको छ । महायज्ञ सुरु भएको तेस्रो दिनसम्ममा करिव ४० लाख आर्थिक संकलन भएको प्रचारप्रसार उपसमितिका सचिव श्यामकाजी अधिकारीले जानकारी दिए । हालसम्म कालिका सामुदायिक अस्पताल हेलुका संरक्षक एवं चाटर्ड एकाउण्टेन्ट खुमाप्रसाद अर्यालले सबै भन्दा बढि १५ लाख ५० हजार एक रुपैया दान गरेका छन् ।
दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञ फागनु १० सम्म संचालन हुनेछ । महायज्ञ अवधिमा करिव १ करोड संकलन गर्ने लक्ष्य लिईएको मुल आयोजक समितिले जनाएका छ ।
source:-dainikee









0 commentaires