दामोदर वस्नेत दाङ ६ फगुन राष्ट्रिय हिमालयन साइन्स फिएर प्रतियोगीतामा प्रथम भएका दाङका ३ बाल बैज्ञानिकहरुलाई विहिवार एक कार्यक्रमको आयोजना गरि भव्य स्वागत एवम् सम्मान गरिएको छ । भ्यालिटप बोर्डिङ स्कुलको आयोजनामा विहिवार वालबैज्ञानिकहरुलाई एक समारोह गरी दाङ जिल्ला स्थित मुख्य शहर लमही, भालुवाङ र घोराही बजार परिक्रमा गराउनुका सार्थ सम्मान पनि गरिएको छ । सम्मानीत हुने बालबैज्ञानीकहरुमा १६ बर्षिया शुभम सिंह, १७ बर्षिया मार्सल रोका र १७ बर्षकै हरी केसी रहेका छन ।
देशभरका ४८ समूहलाई उछिन्दै दाङका यि बालबैज्ञानिकहरुले प्रथम पुरस्कार हात पारेका हुन । सो अवसरमा उनीहरुले दृष्टिविहिनका लागि सहयोग गर्ने लठिठ, बाढी मापन यन्त्र, पनि तान्ने मोटर, चोर पक्रने यन्त्र, तालिबाट बत्ति बाल्न र बन्द गर्न मिल्ने लगाएतका यन्त्रहरु आविश्कार गरेर काठमाण्डौमा प्रदर्शन गरेका थिए । हाल सम्म ५० भन्दा बढी आविस्कार गरिसकेका छन् ।
यिनीहरुले काठमाण्डौ प्रतियोगितामा फरक किसिमले प्रस्तुत गरेको पनि सो सम्मान
कार्यक्रममा वताएका थिए । अधिकांस प्रतियोगीहरुले मंहगो सामनवाट कमसल वनाएको र आफुहरुले सस्तो सामान वाट राम्रो प्रविधिको आविस्कार गरेकोले प्रथम स्थान हासील गरेको पनि वताएका थिए । आगामी दिनमा हेलिकप्टर ,धान झाँट्ने यन्त्र,सोलार पानि तान्ने यन्त्र,लगाएतका आविस्कार गर्ने सोंचमा रहेकोले आर्थिक अभावका कारण पुरा हुन नसकेको पनि सो कार्यक्रममा वताएका थिए । भालुवाङदेखि, लमही हुँदै घोराहीको ट्राफिक चोकदेखि बाजागाजा सहित घोराही बजार परिक्रमा गराउदै उनीहरुलाई भ्यालीटप बोर्डिङसम्म पु¥याइएको थियो ।
दाङको घोरही स्थित भ्यालीटप बोर्डिङमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबैज्ञानीकहरु दाङकै गौरब भएको बताउँदै सम्पूर्ण क्षेत्रले सहयोग गर्नु पर्ने बताएका थिए ।
सम्मान कार्यक्रम भ्यालीटप बोर्डिङ स्कुलका अध्यक्ष श्रीधर महराको अध्यक्षता एवं प्याब्सन दाङका अध्यक्ष केशब थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो अवसरमा त्रिभूवन जेसिजका अध्यक्ष पुष्पराज आचार्य, पत्रकार सरिता सुवेदी, विद्यालय सञ्चालक समितिका सदस्य रेशम गिरी, वालवैज्ञानीक शुभमसिंहकी आमा रेनु सिंह, विद्यालयका प्रिन्सीपल यकराज भण्डारी लगाएतले राष्ट्रिय स्तरमै प्रतिभा देखाएर बाल बैज्ञानिकले नेपालकै उत्कृष्ट आविष्कारकको सम्मान सहितको पुरुस्कार हासिल गर्न सफल भएकामा बधाइ तथा शुभकामना दिनुभएको थियो ।
बालबैज्ञानीकहरु शुभमसिंह, मार्सल रोका, हरि केसी लगाएतले आफुहरुलाई पत्रकार, आभिभावक र शिक्षकले प्रोत्साहन गरेर यहाँसम्म पुरयाएको बताउँदै आगमी दिनमा थप सहयोग गर्न पनि अनुरोध गर्नुभएको थियो ।
राष्ट्रिय ब्यापि प्रतियोगीतामा उहाँहरुले आफना प्रतिस्पर्धी भन्दा दोब्बर अर्थात १८ सय ९३ भोट ल्याएर जितेका थिए । दोश्रो हुनेले ९ सय ७५ भोट प्राप्त गरेका थिए । २५ प्रतिसत एसएमएस भोटको आधारमा र ७५ प्रतिसत छानौट कमिटिले निर्णय गर्ने नियम रहेका थियो । सो प्रतियोगीताबाट उनीहरुले २५ हजार नगद प्राप्त गरेका थिए ।

source:-dainikee

0 commentaires