सिडनी, फागुन ६ (एजेन्सी)- पपुआ न्युगिनीमा १७ वर्षका एक किशोरलाई महिलाहरुले सामूहिक बलात्कार गरेका छन्।
स्कूलमा अध्ययनरत मेन्डी नामका ती किशोरलाई १० भन्दा बढी महिलाले भान्छामा प्रयोग गरिने चक्कुको भरमा धम्क्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडित किशोरलाई तत्काल अस्पताल लगिएको थियो। प्रहरी अधिकारी टेडी टेइले ती महिला एड्सपीडित हुन सक्ने शंका व्यक्त गरे।
टेइले सञ्चारकर्मीलाई भने- 'अहिलेसम्म मैले महिलालाई मात्र राति सतर्क रहन भन्ने गरेको थिएँ। तर अब पुरुषलाई पनि सतर्क रहन अनुरोध गर्छु।
युनिसेफको प्रतिवेदनअनुसार यौन हिंसाको मामलामा पपुआ न्युगिनीको रेकर्ड निकै खराब छ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires