प्रहरीद्वारा मनपरि रकम असुली


मनिका झा/
जनकपुरधाम, १० फागुन 
 जनकपुर नगरका विभिन्न स्थ्ाानमा प्रहरीले सवारी चेकजाँचको बहाना गरी अवैध रूपमा रकम असुली गरिरहेको खुलासा भएको छ । जनकपुरको जनकचोक, शिवचोक, भानुचोकसहितका विभिन्न स्थानमा प्रहरीले चेकजाँचका क्रममा भारतीय तथा नेपाली नम्बर प्लेटका सवारीचालकलाई विनाकारण घन्टौं रोक्ने गरेको र केही रकम दिएपछि छाड्ने गरेको गुनासो भारतको बिहार प्रान्तका मधुवनी जिल्लानिवासी काशीकान्त झाले गरेका छन् । 
आफू जनकपुर-७ स्थित छोरीको घरमा आएको र आफूहरू सवार मोटरसाइकलको नम्बर प्लेट भारतीय रहेको कारणले मात्रै आफूसँग प्रहरीले तीन सय रुपैयाँ असुलउपर गरेको गुनासो उनले गरे । सवारीको सम्पर्ूण्ा कागजपत्र उपलब्ध हुँदाहुँदै पनि प्रहरीले विभिन्न बहाना बनाई रकम मागेको आरोप उनले लगाए । 
अहिले विवाहको लगनको समय भएको र सीमावर्ती भारततिर बिहेबारी भएकाहरू नेपाल आउनेजाने क्रम बढिरहँदा सुरक्षाकर्मीको अवैध रकम असुली गर्ने कार्यमा पनि तीव्रता आएको छ । छोरीको विवाह धनुषा जिल्लाको परवाहा गाउँका युवकसँग तय गरेका भारत मधुवनी जिल्लाका रामसेवक महतोलाई कम्तीमा दिनको एक पटक विभिन्न कामका लागि जनकपुर आउनर्ुपर्छ ।
यस्तो अवस्थामा आफू भारतीय नम्बर प्लेटको सवारी चढेर आउँदा आफूसँग पनि प्रहरीले सात सय रुपैयाँ जति रकम असुली गरिसकेको जानकारी उनले गराएका छन् ।
अर्कोतिर सुरक्षाको दृष्टिकोणले जनकपुरको विभिन्न चोकमा लगाइएको सीसीटिभी क्यामरा लगाइए पनि त्यसलाई छल्दै प्रहरीले घुससमेत माग्ने गरेको देखिएको छ । प्रहरीले यसप्रकार अवैध रूपमा रकम असुली गर्न थालेपछि र्सवसाधारणमा त्रास उत्पन्न हुनुको साथै आक्रोशसमेत बढ्दै गएको छ । 
भारतीय पर्यटकको केन्द्रको रूपमा रहेको जनकपुरधाममा प्रहरीले यस प्रकारको कार्य गर्न थालेपछि भारतबाट आउने पर्यटकहरूको जनकपुरप्रतिको सोचमा नकारात्मक प्रभाव पर्ने सम्भावनासमेत देखिएको छ । प्रहरीले सवारी चेकजाँच गर्नुपर्ने तर त्यसको मापदण्ड तय गरि व्यवस्थापन गरिनुपर्ने आवश्यकता रहेको बुद्धिजीवीहरूको धारणा रहेको छ ।
यस विषयमा धनुषाका प्रहरी निरीक्षक हरि खतिवडासँग कुरा गर्दा उनले आफूलाई यसबारे कुनै जानकारी नरहेको र चेकजाँचको नाममा कुनै सुरक्षाकर्मीले अवैध असुली गरेमा सप्रमाण जानकारी गराउन आग्रह गरे ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login