कलैयामा सरकारी कर्मचारीको हत्या


बारा, फाल्गुन १० - सशस्त्र हतियारधारी अज्ञात समूहले मंगलबार साँझ पौने सात बजे बारामा एक सरकारी कर्मचारीको गोलीहानी हत्या गरेको छ ।दुई जना युवाले कलैया १० बरेवा निवासी ५५ वर्षीय माधव थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक मालपोत कर्यालय कलैयामा नायब सुब्बा थिए ।
छातिमा एक राउण्ड गोली लागेका थापालाई उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा टेलिभिजन हेरिरहेको अवस्थामा उक्त समूहले उनी उपर गोली प्रहार गरेको स्थानीय बासिन्दाले बताएका छन ।
अत्याधिक रक्तश्रावको कारण उनको बाटोमै मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजका चिकित्सकले बताएका छन । उनको मृत्यु पछि उनको परिवारमा रुवावासी चलेको छ । उनको शव नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।
घटनाको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाका केन्दि्रय सदस्य तथा बारा जिल्ला ईन्चार्ज सुल्तान मिर्जाले स्थानीय संचाकर्मीलाई फोन गरी लिएका छन । घटना पछि बरेवा शोकमग्न र त्रासमय बनेको छ । 
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login