गिनिज बुकमा नाम लेखाउने महबुब गृहनगरमा सम्मानित



सञ्चार यात्रा नेपालले गिनिज बुकमा नाम लेखाउन सफल सप्तरीका महबुब आलमलाई आज सम्मानित गरेको छ ।
संस्थाद्वारा राजविराजमा आयोजित सम्मान समारोहमा यसै साता मात्र गिनिज बुकमा नाम लेखाउन सफल क्रिकेट खेलाडी आलमलाई प्रशंसा पत्र र उपहारसहित दोसल्ला ओढाई सम्मान गरियो ।
नेपाली क्रिकेट टोलीका अलराउण्डर खेलाडी आलमले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाईभ अन्तर्गत मोजाम्बिक बिरुद्धको खेलमा सबै १० विकेट लिएर विश्व किर्तिमान कायम गरेका हुन् ।
सम्मान समारोहमा आलमले नेपालमा जन्मिएर मुलुकको नाम गिनिज बुकमा लेखाउन सकेकोमा गौरवान्वित महसुस भएको बताउनु भयो ।
पत्रपत्रिकामा प्रकाशित समाचारहरुले आफुलाई सदैव अगाडि बढिरहन प्रेरित गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो खेल नेपाल र नेपालीका लागि सदा समर्पित रहने बताउनुभयो ।
बुवा नसिर अहमद र आमा सायरा बानोका जेठा छोराका रुपमा १९८१ अगस्त ३१ मा राजविराजमा जन्मिएका महबुब आलमले पहिलो अन्तराष्ट्रिय स्तरको खेल १८ बर्षो उमेरमा अन्डर १९ युथ क्रिकेट प्रतियोगिताबाट सुरु गरेका थिए ।
यसैगरी संस्थाले सोही अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि कलम र डायरी उपहार दिएर शुभकामना प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष करुणा झाको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी, खेलाडी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

लिलाराज
source:-purbelitimes

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login