आगलागिबाट १३ घर जल्यो


ताप्लेजुङ, फाल्गुन १४ - जिल्लाको लिंखिम गाउँ विकास समिति स्थित सिवा बजारमा आगलागि हुँदा १३ घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो दुइ बजे भएको आगलागिले सिवा बगरमा रहेका सबै घरहरु जलेका छन् । घरहरु जल्दा एक करोड बढीको क्षति भएको प्रारंभिक अनुमान गरिएको छ ।
दिउसोको समयमा भएकोले मानविय क्षती हुन नपाएको लिंखिमका पूर्व गाविस उपाध्यक्ष दिनेश अधिकारीले बताए  । टेकबहादुर सेम्वुको घरबाट सुरु भएको आगलागिको कारण भने खुल्न सकेको छैन । केटाकेटिले आगो खेलाएर क्षती भएको आशंका स्थानीयको छ । 

आगलागिबाट सुकबहादुर काम्बाङ, हेमकुमार लिम्वु, बलबहादुर इजम, अनुज काम्बाङ, पूर्ण काम्बाङ, इक्लोके लिम्वु, मानबहादुर लिम्वु, सन्तोष खवास, थापा अन्तरे, टेकबहादुर सेम्वु, बलबहादुर लिम्वु, मिना तामाङ, सावित्रा लिम्वु र मानवीर तामाङका घर क्षति भएको छ ।

 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login