सुबिक कार्की-हेर्दा नेपाल झैँ देखिन्छ। नेपाल कै जस्तो घर र मन्दिर देखिन्छ। तर यो नेपाल त परै छाडौँ, दक्षिण एसियाका कुनै पनि देशसमेत हैन। तैपनि अनुमान गर्नुस् र सही जवाफका साथ थप फोटो हेर्न भित्र आउनुस्।
यो तस्बिरमा देखिएको सबैभन्दा अग्लो हिमाल सगरमाथा रे। मन्दिर र घरहरु चाँहि त्यो सगरमाथा क्षेत्रको प्रवेशद्वार रहेछ। तस्विर हेर्दैमा थाहा पाइन्छ यो साँच्चिकै सगरमाथा त होइन नै।
यो सगरमाथा अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डो क्षेत्रमा रहेको विश्व विख्यात डिज्ने वर्ल्ड पार्कमा अवस्थित छ। डिज्ने वर्ल्ड सन् १९७१ मा स्थापना भई झण्डै १२२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको संसारकै सबैभन्दा ठूलो र बढि घुमिने मध्येको पार्क (रमाईलो मेला) रहेछ। चर्चित चरित्र मिक्कि माउसका सर्जक वाल्ट डिज्नेको सपना साकार पार्न यो पार्क निर्माण गरिएको रहेछ। बालक देखि बृद्धसम्मलाई भरपुर मनोरञ्जन सहितको बिदा मनाउने ठाउँको रुपमा यसलाई विकास गरिएको रहेछ।
यो तस्बिरमा देखिएको सबैभन्दा अग्लो हिमाल सगरमाथा रे। मन्दिर र घरहरु चाँहि त्यो सगरमाथा क्षेत्रको प्रवेशद्वार रहेछ। तस्विर हेर्दैमा थाहा पाइन्छ यो साँच्चिकै सगरमाथा त होइन नै।
यो सगरमाथा अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डो क्षेत्रमा रहेको विश्व विख्यात डिज्ने वर्ल्ड पार्कमा अवस्थित छ। डिज्ने वर्ल्ड सन् १९७१ मा स्थापना भई झण्डै १२२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको संसारकै सबैभन्दा ठूलो र बढि घुमिने मध्येको पार्क (रमाईलो मेला) रहेछ। चर्चित चरित्र मिक्कि माउसका सर्जक वाल्ट डिज्नेको सपना साकार पार्न यो पार्क निर्माण गरिएको रहेछ। बालक देखि बृद्धसम्मलाई भरपुर मनोरञ्जन सहितको बिदा मनाउने ठाउँको रुपमा यसलाई विकास गरिएको रहेछ।
डिज्ने वर्ल्डको चारवटा ठूला पार्क मध्ये पशुपंक्षी संरक्षणको विषयलाई आधार बनाई विकास गरिएको एनिमल किंगडम पार्कलाई अफ्रिका, एशिया, डाइनोल्याण्ड लगायत क्षेत्रमा विभाजित गरिएको छ। त्यस मध्येपनि एशिया क्षेत्रको परिचायक र एउटा प्रमुख आकर्षण चाँहि यो सगरमाथा क्षेत्रलाई बनाइएको रहेछ,Extreme Everest Expedition नामले। अनी यो सगरमाथा चढाई चाँहि हिँडेर होईन बरु रोमान्चक रोलरकोष्टर चढेर गर्नु पर्ने रहेछ। हाई स्पीड रोलरकोष्टर चढेर सगरमाथामा उकाली ओराली साह्रै रोमान्चक हुँदोरहेछ।
सगरमाथा प्रवेशद्वार चाँहि यति म्यूजियम रहेछ। घर, मन्दिर यिनको बनावट र प्रदर्शनीमा राखिएका सामग्रीहरुले नेपाल र हिमालय क्षेत्रको पुरै झझल्को दिन्छ। जस्तैः घरको छानामाथि समेत हिलटेक ट्यांकि, मग, बाल्टी, ग्यालिनहरु, होटलको नेपाली मेनु, भित्तेपात्रो, स्टोभ, टर्च, लम्फा, लाल्टिन, भुसे चुल्हो, डोको, डालो, नाम्लो, भोटेताल्चा, छानादेखि झुण्ड्याएर खुर्सानी सुकाएको, थाल, तोड्वा खाने भाँडो, हिमाल चढ्दा प्रयोग हुने सामानहरु। नाम्चे तिरको होटलको झझल्को दिने। सजावट, रुपरंग सब नेपाली। यस्ता देख्दा कुन चाँहि नपाली छक्क नपर्ला? जे होसे संकलनलाई चैं मान्नै पर्ने रहेछ।
“यति” साँच्चिकै छ कि छ्रैन भन्ने विषय नै सधैं विवादित रहि आएको छ। यहाँ यति सम्बन्धी उपलब्ध भएसम्मका सामग्रीहरु संकलन गरि प्रदर्शनमा राखेर यति मिथक होइन बरु यो बास्तवमा नेपालको हिमालय क्षेत्रमा छ भन्ने निश्कर्ष नै राखिएको रहेछ। यति साँच्चै नै छ भन्न यहाँ प्रस्तुत गरिएका प्रमाणहरु भने भरपर्दा देखिँदैनन् बरु कतिपय चाँहि झुक्याउने र भ्रममा पार्ने पनि रहेछन्। उदाहरणको लागि यतिको पदचाप भनिएको १ फिट भन्दा बढि लम्बाईको पदचाप आकारको माटोको डल्लो। यतिको पदचाप हो भने यतिले भुईंमा टेक्दा खाल्डो पो पर्छ उडिल्लो भएर जमिननै माथि उठ्ने त हैन नी। तर यो त उडिल्लो परेको छ (हेर्नु फोटो)।
त्यस्तै अर्को छ दि हिमालयन टाइम्स र सम्भवतः दि राइजिंग नेपाल (किनकि थाहाभएसम्म ती सम्वाददाता दि राइजिङ नेपालमा काम गर्छिन्) मा छापिएका समाचारका २ टुक्राहरु। दि राइजिङ नेपालको रिपोर्टिंग नै राखिएको छ तर दि हिमालयन टाइम्सको चाँहि समाचार शीर्षक मात्रै छ। मलाई झझल्को आउँछ जो सम्भवतः पहिलो पृष्ठमा मूल समाचारको रुपमा छापिएको थियो तर अप्रिल १ तारिखको दिन छक्क्याउने समाचारको रुपमा
त्यस्तै, यतिको बारेमा प्रस्तोता भनेर रोयल अनुराधापुर युनिभर्सिटिका प्राध्यापक पेमा दोर्जे भनि उल्लेख गरिएको छ जो गुगल गर्दापनि भेटिदैन। रोचक बनाउन कै लागि यतिका बारेमा कथाहरु, प्रस्तोताको रुपमा प्रा. पेमा दोर्जे (पि.एच.डि.), यति संरक्षक १७ औं शताव्दिका राजा पार्थीव शंकर गवम्पति आदि भनी लेखिएको पाइन्छ। तसर्थ यतिको बारेमा भ्रममा पार्ने तथ्य र समाचारहरु छन्।
सगरमाथा क्षेत्र तिर लाग्न शुरु गर्ने बित्तिकै नेपाली बनोटका घर पसलहरु देखिन थाले। तस्विरमा देखिएको मन्दिर र घरहरु हुँदै, यति संग्रहालय हेर्दै सगरमाथा उक्लिनु पर्ने रहेछ। यिनै घरभित्र चाँहि नेपालको हिमाली क्षेत्रका घर होटलहरुमा हुने विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएको छ। यो ठाउँमा पुग्दा नेपाल भन्दा बाहिर छु भन्नेपनि महसुस नहुने रहेछ। झन विदेशी भुमीमा आफ्नो मुलुक देख्न पाउँदा खुशीले मनै प्रफुल्ल हुँदोरहेछ र ठूलो स्वरले भन्न मनलाग्ने रहेछ यो मेरो देशको हो भनेर।
डिज्ने वर्ड साँच्चिकै सपनाको संसार नै रहेछ। त्यहाँको विभिन्न पार्कहरु घुमेर, खेलहरु खेलेर रमाइलो गर्न झण्डै एक हप्ता नै लाग्दो रहेछ। अनी पर्यटकहरुको पनि ओइरो लाग्दो रहेछ। झन् क्रिशमशको होलिडे सिजनमा त एउटा खेल खेल्न घण्टौंको लाम बस्नु पर्ने। त्यसो त सगरमाथा चढ्नैपनि २ घण्टा लाम बस्नु पयो।
गत २०१० को डिसेम्बर अन्त तिर घुम्ने मौका मिलेको थियो। नेपाल भेट्टाउने कुनै आशा बिना बरालिँदा बरालिँदै बिरानो मुलुकमा महत्वका साथ आफ्नो मुलुकलाई प्रस्तुत गरेको देख्न पाउँदा साह्रै खुशी र गर्व लाग्दो रहेछ। अलिकति भएपनि नपालको तीर्खा चाँहि यो ठाउँले मेटाउँदो रहेछ। धन्यवादका पात्र छन् यसका सर्जक र यसलाई सहयोग गर्नेहरु। जो जसले यो काम गरे तिनलाई मेरो सलाम छ। अन्त पनि यसो गर्न सके नेपाललाई विदेशीले अझै चिन्थे कि?
source:-mysansar



























0 commentaires