निखिलसँगै मोनिका काठमाण्डौमा


निखिलसँगै मोनिका काठमाण्डौमा भारतीय अभिनेत्री मोनिका बेदी सनिवार काठमाण्डौं आएकी छन् । मोनिकाको नेपाल भ्रमणको उदेश्य घुमघाम नभएर एक नेपाली चलचित्रमा अभिनयका लागि हो ।
नेपाली फिल्म ‘ परिचय’ खेल्न सनिवार साँझ काठमाण्डौ आइपुगेकी मोनिका सुटिङका लागि आइतवारै पोखरातिर लागिन । उनीसागै नायक निखिल उप्रेती पनि काठमाण्डौं आइसकेका छन् । दोस्रो बिहेको लफडापछि निखिल केही महिनादेखि मुम्बई बस्दै आएका थिए ।
परिचयमा निखिल र मोनिका जोडीमा रुपमा देखा पर्नेछन् । मुम्बईकै सेलिब्रिटी स्टार डष्टले निर्माण गर्न लागेको यो फिल्मका निर्देशक आकाश पाण्डे हुन् । राजेश हमाल, सुनिलदत्त पाण्डे लगायतको अभिनय रहने फिल्म परिचयलाई सञ्जय नरेन्द्रले निर्माण गर्न लागेका हुन् ।
बिभिन्न भारतीय चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरिसकेका निर्देशक पाण्डेले मोनिकालाई नेपालीमाझ पनि परिचित बनाउन आफ्नो फिल्ममा अभिनय गराउन लागेको बताए । यो फिल्मको अधिकांश सुटिङ पोखरामा र बाँकी केही प्रतिशत थाइल्याण्डको वैंककमा गरिने बताइएको छ । शुक्रवारदेखि नै पोखरामा सुटिङ सुरु भएको छ ।
SOURCE:-ONLINEKHABAR
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login