मुस्ताङका मानव कंकाल पन्ध्र सय वर्ष पुराना


ज्ञान न्यौपाने, काठमाडौं, फागुन १५- पाँच वर्षअघि माथिल्लो मुस्ताङका प्राचीन गुफामा फेला परेका मानव कंकाल १ हजार ५ सय वर्ष पुरानो रहेको लामो अनुसन्धानपछि पत्ता लागेको छ।

नेपाल र अमेरिकी पुरातव विद्को संलग्नतामा मुबब्राक र सामजुङ क्षेत्रका गुफामा भेटिएका अवशेषको अनुसन्धान निष्कर्ष पुरातव विभागले शुक्रबार सार्वजनिक गरेको हो।
अमेरिकामा गरिएको डिएनए परीक्षणबाट भेटिएका कंकाल १ हजार ५ सय वर्ष पुराना रहेको पत्ता लागेको विभागले जनाएको छ। विभागका अनुसार अनुसन्धानमा संलग्न अमेरिकी पुरातŒवविद् डा. मार्कले अवशेषको डिएनए परीक्षण गराएका थिए।

अनुसन्धानले त्यसताका मानिसले शव र मरेका जीवजन्तु गुफाभित्र राख्ने गरेको निचोडसमेत निकालेको छ।

यी अवशेषहरूको मद्दतले प्राचीन समाजबारे थप अध्ययन गर्न सकिने विभागका महानिर्देशक विष्णुराज कार्कीले जनाए।

मुस्ताङका करिब २० ठाउँमा रहेका गुफामा पुरातŒवविद्ले सन् २००८ बाट अध्ययन थालेका थिए। समुन्द्री सतहको १३ हजार ८ सय फिट उचाइमा रहेका गुफामा यी अवशेष भेटिएका हुन।

विभागले अनुसन्धान प्रतिवेदनसँगै गुफामा फेला परेका चिनियाँ भाषाको हस्तलिखित ग्रन्थ, मानव तथा जनावरका अवशेष सार्वजनिक गरेको थियो।

अध्ययनमा संलग्न विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाका अनुसार यो अवशेषहरूको सूचीकरण गर्नेमात्र अध्ययन हो। 'अब यसैबाट प्राचीन मानवले गर्ने काम र त्यसबेलाको संस्कृतिबारे अध्ययन गर्न सकिन्छ,' उनले भने।

नेपाली पुरातŒवविद्को समेत संलग्नतामा अवशेषहरूको थप अध्ययन गरिने उनले जानकारी थिए। 'हामीले भेटिएका अवशेषमध्ये दाँतको मात्र डिएनए परीक्षण गरेका छौ, थप अध्ययन हुनै बाँकी छ,' लामाले भने।

अध्ययन कार्यमा अमेरिकी मानवशास्त्री तथा पुरातŒवविद् मार्क एलेर्न्डफर, पाँचपटक सगरमाथा आरोहण गरेका पिटर एथेन्स र लामालगायत खटिएका थिए।

डिएनए परीक्षण विश्लेषणले प्राचीनकालदेखि नै कालीगण्डकी नदीकिनार हँुदै बसाइँसराइको परम्परा रहेको र तिब्बती मध्यएसिया र दक्षिण एसियाका मानिसबीच कला र सांस्कृतिक आदानप्रदानसमेत हुने गरेको देखिएको पुरातŒवविद्ले जनाएका छन्।

विभाग, सामाजिक संस्था स्काई डोर फाउन्डेसन र माथिल्लो मुस्ताङका स्थानीयको सहभागितामा अध्ययन गरिएको थियो।

'मुस्ताङेले अवशेष संकलनमा धेरै सहयोग गरे,' अनुसन्धानकर्ता तथा सगरमाथा आरोही पिटर एथेन्सले भने।

 source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login