कास्की, माघ २६ - १४ प्रतिस्पर्धीलाई पछि पार्दै मोनिका गिरीले 'मिस फेरी पोखरा' को ताज पहिरिएकी छन् ।
पोखरा सभागृहमा सोमबार राति सकिएको प्रतियोगितामा सृजना चोक पोखराकी सुन्दरीले 'मोस्ट ट्यालेन्ट' टाइटल पनि पाइन् । जित हाम्रो प्रालिद्वारा आयोजित कार्यक्रममा प्राप्ति गुरुङ फस्ट रनरअप र श्रीया गुरुङ सेकेन्ड रनरअप घोषित भए । आस्मा गुरुङ फोटोजेनिक, एलिसा गुरुङ मोस्ट पपुलर, श्वेता थापा मगर बेस्ट वाक, कृति द्धाव मोस्ट चार्मिङ, सुमन सुनवार बेस्ट हेयर, प्रमिला गुरुङ बेस्ट परर्फमेन्स, सोफिया मल्ल बेस्ट स्माइल, प्रकृति गुरुङ बेस्ट स्किन, नविना गुरुङ कन्पिmडेन्ट तथा रेजिना गुरुङ बेस्ट डे्रस र मोस्ट प|mेन्ड्ली टाइटलको हकदार बने ।
ँमिस नेपालगन्ज’ हुने
मध्य र सुदूरपश्चिमको प्रमुख सहर नेपालगन्जमा फागुन पहिलो साता सौन्दर्य प्रतिस्पर्धा हुने भएको छ । मुभी हाउस प्रालिले नेपालगन्जको जेनेरेसन एक्ससँगको सहकार्यमा गर्न लागेको 'मिस नेपालगन्ज' मा प्रीति राजभण्डारी, सदिच्क्षा थापा, श्रेया बस्नेत, सपना पराजुली, श्रेया तवानी, नेत्रा बीसी, कामना जीसी, विनीता थापा, दीपिका केसी, अजु केसिसहित १६ प्रतिस्पर्धी छन् । उनीहरू यतिबेला विभिन्न प्रशिक्षण लिइरहेका छन् । आत्मविश्वास बढिरहेको उनीहरुले बताए ।
'ब्युटी कन्टेस्टलाई पूर्वदेखि पश्चिमसम्म फैलाउने उद्देश्यले मध्यपश्चिमी सहर नेपालगन्जमा कार्यक्रम आयोजना गरेका हौं,' मुभी हाउसका सन्तोष सापकोटाले भने ।
source:-kantipur










0 commentaires