भीषण आगलागीमा तीन दर्जन घर खरानी


 सप्तरी जिल्लाको बिषहरिया गाविस ५ मा बिहीबार भएको भीषण आगलागीमा तीन दर्जन भन्दा घरहरु जलेर नष्ट भएको छ । आधा दर्जन चौपायाको जलेर मृत्यु भएको छ । आगलागीमा हालसम्म २ करो भन्दा बढीको क्षति भइसककेको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय लक्ष्मण यादवको गाइगोठमा बालिएको घुरबाट सल्केको आगोले यादवसहित त्यो गाउाका अधिकांस व्यक्तिको घर जलेर नष्ट भएको हो । साँझ साढे ६ बजेतिर भएको आगलागीले एकै छिनमा उग्र रुप लिएको छ । आगोलाई निभाउन राजविराज र लहान नगरपालिकाबाट वारुण यन्त्र बोलाइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक भोगबहादुर थापाले जानकारी दिए ।
नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले प्रयास जारी राखेपनि आगो अझै नियन्त्रणबाहिर रहेको बताइएको छ । अहिले पश्चिमबाट हावा चलेका कारण नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ । @ ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login