गुरुप्रसाद नेपाल २८ माघ, परासी । नवलपरासीको मध्यवर्ती क्षेत्रमा गैंडालाई झड्का दिन तारबार गरेपछि गैंडा गाउँ पस्न छाडेको छ । गैंडा गाउँ पसेर मध्यवर्ती क्षेत्र भित्र रहेको किसानहरुले लगाएको बालीनाली नोक्सान गर्ने, मानवीय क्षति पुर्याउने गरेपछि त्यसलाई नियन्त्रण गर्न मध्यवर्ती क्षेत्रमा झड्का हान्ने तारबार गरिएको हो ।
नवलपरासीका पिठौली, कावासोती, अग्यौली, रजहर, मुकुन्दपुर, अमरापुरी, दिव्यपुरीलगायतका क्षेत्रमा जङ्गली जनावर नमर्ने तर तर्साउने गरेर झड्का दिने तारबार गरिएको छ । जनेरेटर प्रयोगबाट रातिको समयमा झड्का दिने तारमा विद्युत प्रवाह गरिने र त्यस वरपर मानिसलाई समेत जान नदिने गरिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारी नवलपरासीका सहायक वार्डेन लालविहारी यादवले बताउनुभयो ।
जङ्गली जनावर गाउँ पस्न छाडेपछि मध्यवर्ती क्षेत्रका किसानहरुले निर्वाध रुपमा खेतीपाती गर्न पाएको अग्यौली-५ बाघखोर बोटे टोलका लालबहादुर बोटेले बताउनुभयो । यसअघि किसानहरुले जङ्गली जनाबरबाट बालीनाली जोगाउन खेतबारीमा मचान बनाएर जाग्राम बस्ने गर्दथे ।
source:-onlinekhabar









0 commentaires