रोगीको रोगको कारण पत्ता लगाउन मेडिकल साइन्सबाट सम्भव छैन, तर पूर्वीय ज्योतिषीय पद्धतिबाट सम्भव छ
आचार्य लक्ष्मण खतिवडा परापूर्वदेखि मानव चिकित्साका लागि उपयोग गरिँदै आएको वैदिक चिकित्साशास्त्रले अर्थात आयुर्वेद चिकित्सा पद्धतिले ज्योतिषको पूरा अपेक्षा गर्ने गरेको पाइन्छ र त्यतिवेला पनि शल्यचिकित्सा अथवा आजको भाषामा अप्रेसन आदि जटिल काम पनि वैद्य, विभूषण, कविराज आदिले शतप्रतिशत सफल हुनेगरी गरेको पाइन्छ । त्यतिवेलाका त्यस्ता समस्या प्रायः मावन वा मानवस्तरमा हुँदैनथ्यो । यदाकदा शल्यचिकित्सा गर्नुपर्ने भएमा वैद्यराज कविराज त्रिकाण्ड ज्योतिर्विद्सँग परामर्श लिएर मात्र अप्रेसनजस्ता जटिल काम गर्ने गर्थे र शतप्रतिशत सफलता प्राप्त हुन्थे । आज पाश्चात्य शैलीमा उपचार पद्धति पारपर्येण पाइएकाले समय र रोगी वैद्यबीचको सम्बन्धप्रति बेवास्ता हुन थाल्यो । जसले पाए पनि बिरामीको उपचार गर्ने र जति जटिल अवस्थाका रोगी भए पनि शल्यचिकित्सा गर्ने अधिकार चिकित्सकहरूले सहज रूपमा पाउने अवस्था भयो । जसले गर्दा ५० प्रतिशत मानिसले अकालमै ज्यान फाल्नुपर्ने अवस्थाको सिर्जना भयो । यो हुनुमा अनभिज्ञता मात्र होइन, इष्र्या, आमर्श र उपेक्षा पनि हो ।पूर्वीय र पाश्चात्य प्रविधि कुनै समयमा एकअर्काप्रति द्वेषात्मक अथवा इष्र्यात्मक भावनाले उकुसमुकुस भएको पाइन्छ । र, त्यतिवेला पूर्वीय शैलीले सिद्ध गरेका कतिपय कुरालाई पश्चिमी विद्वानले बेवास्ता गर्न थाले । उनीहरूको आफ्नो अहंपन हावी बनाउन हरेक प्रयास गर्न थाले । जसले गर्दा एकअर्काप्रति सहिष्णुता हार्दिकताको दूरी बढ्दै गयो । त्यो परम्परा बढ्दै जाँदा उपेक्षद्वेष निन्दाको दृष्टि एकआपसमा बढ्दै गयो । जसका कारण जनसमुदाय यथार्थको मार्गमा अनेक दुःख झेल्न बाध्य भयो ।
आजको समय विश्वबान्धता सौहादर्रताको हो । यो वेला पनि मध्यकालीय अर्धविकसित समयको चालाले एकआपसमा द्वन्द्वात्मक भाव उमि्रन दिनुहँुदैन । वर्तमान समयमा विश्वका धेरैजसो अस्पतालमा धेरै संख्यामा बिरामीको शल्यक्रिया भइरहेको छ । धेरै मानिसको शल्यक्रियामा कसैको दोहोरो रूपमा गर्नुपर्ने त कसैको त्यत्तिकै दुर्घटना हुने भएको पाइएको छ । यसमा खास कारण के हो भन्न सकिन्छ भने रोगको कारण र समाधानको हेतुलाई बेवास्ता गरेरै हो भनी किटान गर्न सकिन्छ । रोग पहिचान गर्नु मात्र ठूलो कुरा होइन, रोगको कारण जान्नुचाहिँ रोग निदानको सर्वोपरि समाधानको हेतु हो । रोगको कारण पत्ता लगाउन पाश्चात्य पद्धति अर्थात मेडिकल साइन्सबाट सम्भव छैन, पूर्वीय ज्योतिषीय पद्धतिमा सम्भावना छ । रोगको कारण केवल जलअन्न मात्र होइन, यहाँ ग्रहसमुदायको प्रत्यक्ष भूमिका रहेको छ । हाम्रो शरीर पञ्चतत्त्व अथवा त्रिधातु मिलेर बनेको हुन्छ । नवग्रहको र २७ नक्षत्रको समुदायले यसलाई प्रभाव पारेको हुन्छ । तिनीहरूको विषम स्थिति नै रोगव्यादीको कारण हुन्छ । यो अवस्थामा रोगीको अनिष्ठ समय र द्वेषीभावयुक्त चिकित्सक भयो भने रोगीलाई दुर्घटना गराउँछ । यस्तो अवस्थाबाट बच्नका लागि वेलामा गुलिक, कालजस्ता समयको ख्याल गरी रोगीको चार, आठ, ६ र बाह्र राशिको नक्षत्र नपारी सम्भव भएसम्म रोग उत्पन्न नक्षत्र र शल्यक्रिया नक्षत्रको वेद नपारी समयभित्र भावको चिकित्सकले शल्यक्रिया गरेमा सामान्य चिकित्सक पनि जटिलकार्य गर्न सफल हुन्छ । यदि, त्यस्तो नभएमा विशेेषज्ञबाट पुरानो अनुभवका आधारमा पनि गल्ती हुन गई रोगीको असामयिक निधन हुन्छ । त्यसकारण कुनै पनि चिकित्सकले शल्यक्रिया गर्नुपूर्व रोगीको नक्षत्रको अवस्था बुझेर तथा ज्योतिष परामर्श लिनुपर्छ । ज्योतिषसँग शल्यक्रियाको वास्तविक समय तथा नक्षत्रको जानकारीपछि नै रोगीको शल्यक्रियाजस्ता जटिल कार्य गर्नुपर्छ । यसो गरेमा रोगीको मृत्यु हुने सम्भावना निकै कम हुनेछ ।
अब प्रश्न उठ्न सक्छ 'आगलागी झुपडी, डेढ घडी भद्रा' भन्ने उखानजस्तो जब मानिस मर्न लागेर हस्पिटलको इमरजेन्सीमा पुर्याएको हुन्छ, त्यतिवेला ज्योतिषलाई हेराउन थाल्दा मानिसको मृत्यु हुने सम्भावना हुन्छ । अस्पतालमा इमरजेन्सीमा पुर्याउनेबित्तिकै चिकित्सकले तत्कालै बिरामीको शल्यक्रिया गरिहाल्दैनन् । उनीहरू केही समय जाँचेर वा बुझेर मात्र शल्यक्रियातर्फ लाग्छन् । त्यही समयमा अस्पतालमा यदि ज्योतिषको व्यवस्था छ भने उसको परामर्शका आधारमा बिरामीलाई उचित समयमा उपचार गर्न सकिन्छ । त्यसकारण हरेक अस्पतालमा एकजना ज्योतिष विज्ञान जानेको मानिसको व्यवस्था गर्न सकिन्छ । अस्पतालमा अनेक प्रकारका खर्च गरिरहेका हुन्छन्, तर उपचारमा सहयोग गर्नसक्ने ज्योतिषविज्ञान जानेको मानिसको व्यवस्था गरिएको हँुदैन । विद्वान ज्योतिषको परामर्श लिएर उचित समयमा उपचार गरे बिरामीको शतप्रतिशत उपचार सफल हुनसक्छ । जनविश्वास पनि बढ्छ र सबैले आफ्नो अमृतमय जीवन, आफ्नो आयुपर्यन्त सुखी र खुसी हुन पाउँछन् ।
जुन बिरामीको शल्यक्रिया गर्नुपर्छ त्यसको सम मित्र भाव भएको चिकित्सक र उचित समयको ज्योतिर्विद्ले दिएको समयानुकूल चिकित्सकको अभाव भएमा त्यस्ता समस्या सुधार गर्ने ज्योतिर्विद्सँग मन्त्रमणि आदि उपाय हुन्छन् । तिनीहरूको सहायताले नहुने समय र चिकित्सक पनि रोगीको अनुकूल हुन सक्छन् । जस्तै चन्द्रकान्त मणिनजिक हुँदा बलेको आगोले पनि पोल्दैन र सूर्यकान्त मणिनजिक हुँदा हिउँ वा बरफ पनि चिसो हुँदैन । त्यस्तै प्रतिकूल समय र व्यक्तिको अनुकूल बनाउन सकिन्छ । यस विधिअनुसार अस्पतालहरूले ज्योतिर्विद्हरूको सहायताले हालको विकसित युगमा लिनु आवश्यक छ । आफूहरूले न जानेको कुरामा टीका-टिप्पणी गर्नु अरूको गहन र गौरवमय अुनभवमै उपेक्षा गर्नु यो अमानवीयताको सूचक हो । अरूको गहन गौरव प्रीत श्रद्धा र हार्दिकता सहायता र विद्वताको पहिचान हो ।
source:-nayapatrika










0 commentaires