अन्नपूर्ण चढ्ने तयारीमा चार युवती


पोखरा, फाल्गुन ३ - चार युवती अन्नपूर्ण चढ्ने तयारीमा जुटेका छन् । सोलुखुम्बुका नीरमा राई र शान्तिकला राई, कास्कीकी सरस्वती विक र मनाङकी मनु गुरुङ ७ हजार ५ सय २५ मिटर अग्लो अन्नपूर्ण चढ्ने तयारीमा छन् । चारैजनाले नेपालमा ट्रेकिङ गाइड, रक र आइस क्लाइम्बिङको आधारभूत र युरोपको पोल्यान्ड तथा इटाली पुगेर आरोहणका लागि अत्याधुनिक प्राविधिक प्रशिक्षणमार्फत सीप हासिल गरिसकेका छन् ।
महिला पथप्रदर्शक र चट्टान
आरोहण तालिम दिँदै आएको यहाँस्थित महिला सशक्तीकरण टे्रकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल -टान), पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरको संयुक्त पहलमा आरोहणको चाँजो मिलाइएको हो ।
 चारैजनाले चुलु वेस्ट (६ हजार ४ सय मिटर) र टेन्ट पिक (५ हजार ९ सय मिटर) अग्ला हिमाल चढिसकेका छन् । आरोहणको सबै खर्च आयोजकले जुटाउने छन् । आरोहणमा करिब ५६ लाख रुपैयाँ लाग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाइने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । पर्यटन मन्त्रालयले प्रतिआरोही ८ सय अमेरिकी डलरको दरले तीन हजार दुई सय डलर आरोहण शुल्क छुट, फ्रेन्ड अफ नेपाल अमेरिकाले आरोहण उपकरण, स्विस संस्था कोटिएर डोन्जे फाउन्डेसन र पोल्यान्डको म्याजिक मान्टेन फाउन्डेसनलगायतले आर्थिक सहयोग गर्ने भएका छन् ।
'सरकारले आरोहण शुल्क मिनाहा तयारी गरिरहेको छ', मूल आयोजक समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा.गणेशबहादुर गुरुङले भने, 'सरकारले गर्ने यो ठूलो सहयोग हो ।' निःशुल्क हिमाल चढ्ने अवसरले २५ देखि ३० वर्ष उमेरका युवती निकै खुसी छन् । 'अवसरले आत्मविश्वास बढेको छ', बिकले भनिन्, 'अन्नपूर्णपछि सगरमाथाको चुचुरो चुम्ने लक्ष्य लिएका छौं ।' उनीहरूले पर्वतारोहण गाइड बन्ने बताए । पर्वतारोहण कुनै पेसा मात्र नभई साहसिक गतिविधिमार्फत विश्व कीर्तिमान राख्ने एउटा माध्यम पनि भएको र देशका लागि केही गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको चारैजनाले बताए । आरोहणका लागि आगामी वैशाख पहिलो साता उनीहरू गन्तव्यतर्फ प्रस्थान गर्ने र टेन्डी शेर्पा आरोहण दलका मुख्य गाइड छन् । सन् १९५० मा प|mेन्च नागरिक माउरिस हर्जोग नेतृत्वको टोलीले विश्वका आठ हजार मिटर अग्लामध्ये अन्नपूर्ण प्रथमको पहिलोपटक सफल आरोहण गरेको थियो । यसैगरी ८ हजार ९१ मिटर अग्लो उक्त हिमाल अमेरिकी महिला आर्लेन ब्लमको नेतृत्वमा १३ महिलाले सन् १९७८ अक्टोबर १५ मा पहिलोपटक चढेका थिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login