लुम्बिनीमा निःशुल्क प्रसूति सेवा


भैरहवा/ लुम्बिनीमा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले लुम्बिनीमा अञ्चल तथा आसपासका क्षेत्रमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको हो।
मेडिकल साइन्सेज शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीबीच सोमबार जनस्वाथ्य कार्यालय रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति प्रदान गरेअनुरूप अस्पताल भैरहवाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश्वरप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सझौतापछि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सम्पूर्ण प्रकारका प्रसूति सेवा जस्तै सामान्य प्रसूति सेवा, जटिलतायुक्त प्रसूति सेवा र शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा पूर्णरूपमा निःशुल्क हुने भएको छ।
अस्पतालमा प्रसूति गराउने महिलाका लागि निःशुल्क दर्ता, निःशुल्क परीक्षण, प्रयोगशालालगायतका सेवा उपलब्ध हुने अस्पतालका सहायक प्रशासकीय अधिकृत नरेश ज्ञवालीले बताए।

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login