गुलरिया, फाल्गुन १ - विस्तृत शान्ति सम्झौताको उल्लंघन गर्दै माओवादीका भ्रातृ संगठनले बर्दियामा तीन सय बिघा जग्गा कब्जा गरेको छ ।
अखिल नेपाल किसान महासंघ र सुकुम्बासी संघले 'जमिन्दार' का तीन सय बिघा जग्गा कब्जा गरेको घोषणा गरेका हुन् । उनीहरूले जग्गा बेचबिखनमा प्रतिबन्ध लगाउन माग गर्दै शुक्रबार राजापुर टप्पुमा प्रदर्शन समेत गरे ।
करिब २ सयका संख्यामा आएका प्रदर्शनकारीले टप्पुको मनाउ र खैरीचन्दनपुर गाविसमा नाराबाजी गर्दै जग्गा बेच्न नपाइने उद्घोष गरेका थिए । माओवादीले उक्त अवसरमा बर्दिया राजापुर टप्पुको मनाउ र खैरीचन्दनपुर गाविसमा रहेको तीन सय बिघा जग्गा कब्जा गरेको घोषणा गरेका छन् ।
मनाउँका त्रिलोकमान श्रेष्ठ, मधु रिजाल, विष्णुमान श्रेष्ठ लगायतकाको १ सय ९३ बिघा जग्गामा झन्डा गाड्दै कब्जाको घोषणा गरेका थिए । माओवादी निकट अखिल नेपाल सुकुम्बासी संघ र किसान महासंघको नेतृत्वमा खैरीचन्दनपुर गाविसस्थित श्याम उपाध्याय र लक्ष्मी उपाध्यायको १ सय १० बिघा जग्गा फेरि कब्जा गरेको माओवादी जिल्ला कमिटी सदस्य गणेश अर्यालले बताए । उनका अनुसार जमिन्दारले जग्गाधनी किसानले जोत्दै आएको जग्गा बेच्न थालेकाले कब्जा गरिएको
हो । अहिले जमिन्दारहरूले किसानको समस्या हल नगरेरै जग्गा बेच्न थालेकाले कब्जामा लिएको माओवादीले जनायो । प्रदर्शनकारीले जमिन्दारका खेतमा झन्डा गाडेका थिए । खेतमा गाडिएको झन्डा प्रहरीले उखेलेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए । सदरमुकाम गुलरियादेखि ४० किमि पश्चिम यातायातको दृष्टिले विकट मानिएको कणर्ाली नदीले घेरिएको टप्पु माओवादी प्रभावित क्षेत्र मानिन्छ । उसका भ्रातृ संगठनले द्वन्द्वकालदेखि जिल्लाको राजापुर, बदालपुर, गोलालगायत गाविसमा सर्वसाधारणको हजार बिघा बढी जग्गा कब्जा गरेका हुन् । गत असारमा माओवादीको भ्रातृ संगठन अखिल नेपाल किसान संघ र अखिल नेपाल सुुकुम्बासी महासंघको नेतृत्वले सोरहवामा करिब १ सय ३५ र राजापुर टप्पुमा करिब हजार बिघा जग्गामा झन्डा गाडेर कब्जा गरेका थिए ।
जग्गाधनीले वषौर्ंदेखि जोत भोग गर्दे आएका जोताहा किसानलाई जोत्न नदिई अरूलाई दिएको भन्दै उनीहरूले उक्त जग्गा आफूले प्रयोग गर्नु पाउनुपर्ने माग राख्दै आएका छन् । यसअघि माओवादीले सूर्यमान श्रेष्ठ, द्रव्यमान श्रेष्ठ, विजयमान पति, गयाप्रसाद कुर्मी, बेगम मैया, ध्रुवमान श्रेष्ठ, भुटाहा कुर्मी र गोपालमान पति, विनयध्वज चन्द, स्व. पूर्णराज उपाध्याय, सावित्रीदेवी उपाध्याय, इन्दिरा उपाध्याय, मुक्तिबहादुर स्वाँरलगायतका जग्गा कब्जा गरेका छन् । गोला गाविसका स्वाँरका अनुसार आफ्नो जग्गामा जोतभोग टाडैको कुरा हो बेच्नसमेत प्रतिबन्ध लगाएको बताए । जमिन्दारले जग्गा बेच्न थालेको भन्दै उनीहरूले विरोधमा उत्रेको माओवादीका जिल्ला सहइन्चार्ज केशव पौडेलले बताए ।
'सरकारले जोताहा, सुकुम्बासी र मुक्तकमैयाको समस्याप्रति उदासीन भएकाले बाध्य भई उनीहरू सडकमा ओर्लेका हुन् ।' सह इन्चार्ज पौडेलले भने । गाउँमै जग्गा हेरी खरिद गर्न गएकालाई खरिद गरे जोत्न पाइँदैन भन्दै फर्काउँदै आएको पीडित किसानले बताएका छन् ।
source:-ekantipur









0 commentaires