फाल्गुन १४ भद्रपुर अवैधरुपमा मदिरा बिक्री गरेको तथा यौन धन्दा चलाएको भन्दै चन्द्रगढी–६ धनुषमोडका बासिन्दाले दुई महिलालाई शुक्रबार गाउँ निकाला गरेका छन् ।
झापा जिल्ला सदरमुकाम चन्द्रगढीमा प्रहरी–प्रशासनकै आँखाअगाडि चारआली गाउँछेउ कृष्णबहादुर खड्काको घर भाडामा लिएर एक वर्षदेखि अनमोल कोल्ड सेन्टर सञ्चालन गर्ने महिलाहरु यौन व्यापारमा संलग्न रहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । संगीता राई र रिना नाम बताउने महिलाको अगुवाईमा सो कोल्ड सेन्टर सञ्चालन भइरहेको थियो । उनीहरु दुवैलाई स्थानीयवासीले गाउँ निकाला गरेका हुन् ।
गत भदौ १२ गते सो होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा राई थरकी एक महिलालाई स्थानीय बासिन्दाले रंगेहात भेटेपछि धनुष मोडको युवा समूहको अगुवाईमा १५ दिनभित्र सो क्षेत्रमा मदिरा व्यापार तथा यौन कार्य नगराउने सर्तमा उनीहरुलाई छाडिएको थियो । त्यै पनि मदिरा व्यापार तथा यौन क्रियाकलापमा कमी नआएपछि भदौ २६ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा अवैध मदिरा पसल तथा यौनधन्दा रोक्न माग गर्दै स्थानीयवासीले निवेदन दिएका पनि हालसम्म कार्यान्वयन नभएको द्रोण अधिकारीले बताए । प्रहरीलाई मासिकरुपमा रकम बुझाउने गरेकाले प्रहरीकै संरक्षणमा यौन धन्दाले निरन्तरता पाएको स्थानीयवासीको आरोप छ ।
source:-blast









0 commentaires