फाल्गुन १४ गएराति झापाको दमक ८ बाट एक थान रिभल्वर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दमक ८ निवासी मोहन धिमालका १७ बर्षीय छोरा एन्जल धिमाल र उज्वल धिमाल रहेका छन् एन्जलले आफ्नै बावुलाई गोली हानी हत्या गर्ने उद्देश्यले १ महिनाअघि १० हजार भारतीय रूपैंयामा खरीद गरी भारतबाट सो हतियार ल्याएको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालयका प्रमुख नविन कार्कीले बताएका छन् ।पक्राउ परेका उज्वल पनि मोहन धिमालका धर्म पुत्र हुन् ।पारिवारीक बिवादका कारण बाबुको हत्या गर्ने योजना बनाएको एन्जलले स्वीकार गरेका प्रहरीको दावी छ ।मोहन धिमाल दमक नगरपालीकाका पूर्व उपमेयर हुन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires