नेपालकै दोस्रो टेलरेस हाइड्रोपावरले उत्पादन सुरु गर्ने तयारी


सङखुवासभा फाल्गुन ४  कुलेखानी जलविद्युत् आयोजनापछि सम्भवतः देशमै पहिलोपटक बानेश्वर हाइड्रोपावरले टेलरेसबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । हाइड्रोले आगामी बैशाखदेखि विद्युत् उत्पादन गर्ने भएको हो ।
१ मेगावाट क्षमताको यो आयोजना निर्माण अन्तिम चरणमा पुगेको हाइड्रोपावरका मेनेजर वीरेन्द्र केसीले बताए । केसीका अनुसार केही दिनपछि चिनियाँ प्राविधिकले विद्युत् उत्पादनका लागि उपकरण जडान थाल्नेछन् र बैशाख पहिलो साताबाट परीक्षण उत्पादन सुरु गरिनेगरी अन्तिम तयारी पूरा भएको छ । अरुणभ्याली हाइड्रोपावर पिलुवा ३ दशमलब ५ मेगावाटबाट निस्किएको पानीलाई टेलरेस प्रविधि प्रयोग गर्दै यो हाइड्रोपावर सुरु गरिएको हो । तीन वर्ष अघिबाट निर्माण सुरु गरिएको आयोजना आगामी बैशाखमा पूरा हुने आयोजनाले जनाएको छ ।
हाल सङ्खुवासभा र भोजपुरमा दैनिक २ घण्टा लोडसेडिङ हुने गरेको छ । अरुणभ्याली हाइड्रोपावरबाट विद्युत् उत्पादन गरेर सदुपयोग नभएको पानीलाई १ किलोमिटर पेनस्टक पाइपबाट आयोजनास्थलसम्म पु¥याएर ३८ मिटर उँचाइबाट पानी झारेर विद्युत् उत्पादन गर्न लागिएको हो । यसले पूर्वमै नमुनाको रुपमा टेलरेसबाट बिजुली उत्पादन हुनेछ । र, यो आयोजना टेलरेसकै कारण करिब ५ करोड रुपैयाँ सस्तोमा बन्ने बानेश्वर हाइड्रोपावरले जनायो ।
यहीको हेवाखोलाबाट ४ दशमलब ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजना पनि आगामी असारभित्र पूरा हुने आयोजनाका प्रवन्ध निर्देशक डेडराज खड्काले बताए । निर्देशक खड्काका अनुसार आयोजनाको मेसिनरी, फलाम र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

source:-blast
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login