इटहरी नेपाल–भारत दुवै देशको नागरिकता लिने भारतीय नागरिक शोभाकान्त रायले आफ्नो नागरिकताको आधारमा छोराछोरीलाई समेत नेपाली नागरिकता दिलाएको रहस्य खुलेको छ ।
रायका जेठा छोरा मनोजकुमार अहिले विराटनगरस्थित शोभकान्तको नाममा रहेको वर्कसप चलाएर बसेका छन् । उनले आफ्ना पिताको नागरिकताको आधारमा नेपाली नागरिकता पाएका हुन् ।
यस्तै शोभकान्तका ६ छोरामध्ये दुईजनाको जन्मदर्ता नेपालमै गरिएको बताइन्छ । अवैद्यरुपमा नेपाली नागरिकता लिएका शोभाकान्तले आफ्ना सन्तानहरुलाई पनि दुवै देशको नागरिकता दिलाएको अनुमान छ ।
मुलुकी ऐन अदलको ३ नं. र नागरिकता ऐन २०६३ अनुसार शोभाकान्तले व्यहोरा ढाँटी आफू जन्मसिद्ध नेपाली नागरिक भएको बताउँदै नेपाली नागरिकता लिएका थिए । उनले बिहारको सीतामढी जिल्लाको बिसनपुर पोपडी थानामा आफू भारतीय भएको भन्दै सन् २००६ मा एफआइ आर दर्ता गराएका छन् ।
०३५ सालमा नेपाली भएको बताउने शोभाकान्तले सन् २००६ मा भने भारतीय नै भएको एफआइआर दर्ता गराउनुले उनी भारतीय नागरिक नै रहेको पुष्टि हुने कानुन व्यवसायीहरुको भनाइ छ । नेपाली नागरिकबाहेकलाई नेपालमा घरजग्गा किन्न निषेध छ । त्यति मात्र होइन, उनले आफ्नी श्रीमतीको नाममा समेत जग्गा दर्ता गराएका छन् । यस्तै भारतको मतदान पत्रमासमेत उनको नाम रहेबाट उनले दुई देशको नागरिकताको चरम दुरुपयोग गरेको देखिन्छ । रायले विराटनगरमा वर्कसप चलाइरहेका छन् । राम इञ्जिनियरिङ वर्कसप नामको वर्कसप उनको नाममा उद्योग वाणिज्य सङ्घ मोरङमा ०५(५८७५) नं. मा दर्ता छ ।
रायले आयकर दर्ता प्रमाणपत्रसमेत लिएका छन् । नेपाल–भारत दुवैतर्पmको नागरिकता लिएका राय बिहारका नेता लालु यादवका कार्यकर्ता हुन् । राजनीतिकै कारण पटक–पटक जेल परिसकेका रायले नेपाल तथा भारतका नेतालाई आफ्नो प्रभावमा पारेर काम गराउने गरेका छन् । रायले केही वर्षअघि अंशवण्डाको निहुँमा सुपारी दिएर आफ्नै भतिजा लक्ष्मी रायलाई मार्न लगाएको अर्का भतिजा लक्ष्मीले ब्लाष्टलाई बताए । शोभाकान्तबाट आफ्नो जीउ–ज्यानको खतरा रहेको भन्दै उनले जिऊज्यान रक्षाका लागि प्रशासनलाई आग्रह गरेका छन् ।
पिता देवशरण रायका छोरा शोभकान्तको नागरिकतालाई केदार नामको प्रशासकीय अधिकृतले प्रमाणित गरिदिएका छन् । राय भारतका स्थायी वासिन्दा हुन् । सन् १९८८ सालमा भारतको बिहार राज्यले जारी गरेको थुपरी विधानसभाको निर्वाचन क्षेत्रको निर्वाचन सूचि १९८८ मा शोभकान्तको नाम १७१ औं स्थानमा छ ।
शोभाकान्तको नाममा बिहार सरकारले मोटरसाइकलको लाइसेन्ससमेत दिएको छ । उनले भारतको बिहारस्थित दरभङ्गाबाट बीआरजी ६४०५ नं.को मोटरसाइकलको प्रमाणपत्र हात पारेका छन् ।
शोभाकान्तको नाममा मोरङको विराटनगरस्थित महावीर चौकमा साढे तीन धुर, आयल निगममा एक कठ्ठा तथा सरौंचिया–७ मा १५ धुर जग्गा रहेकोमा सरौंचियाको जग्गा उनले ६० सालमा बेचेका थिए । दाजुभाइमा भागबण्डा गर्नुको साटो एकलौटीरुपमा नेपालमा रहेको जग्गा बिक्री गरेपछि पारिवारिक विवाद उत्पन्न भएको छ ।
शोभाकान्तले भागबण्डा गर्ने अंशसमेत अन्य दाजुभाइ मरिसकेको प्रमाणित गराएर आपैंmले कुम्ल्याउन खोजेपछि भतिजा लक्ष्मी रायले उनीविरुद्ध पुनरावेदन अदालतमा मुद्दा दायर गरेकोमा बेचेको जग्गा बदर गर्ने र सातजना दाजुभाइमा अंशबण्डा सदर गर्ने निर्णय भएको बताइएको छ ।
नेपालमा मुद्दा लड्ने समयमा शोभाकान्तले आफू नेपाली नागरिक नै भएको बताएका थिए । भारतमा आफ्नो जग्गा नभएको बताउँदै अन्य दाजुभाइ कोही पनि नरहेको भन्दै सम्पत्ति एक्लैले कुम्ल्याउन खोजेपछि उनको वास्तविकता बाहिर आएको हो ।
source:-.blast









0 commentaires