पाल्पा पर्यटन र सम्भावना


निर्माणाधिन तानसेन दरवार, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरु, श्रीनगर बाहेक बौघागुम्हा गाविसको प्रेमको प्रतिकको रपमा परिचित रानीमहल, अर्गली दरवार, रिडी ऋषिकेशव, दर्लममहाकाली, भैरस्थान स्थित सबैभन्दा ठूलो त्रिशुल, ताहुँ, रामपुर लगायत नगरपालिका बाहिर होमस्टे सञ्चालन गरिएको बौघागुम्हा गाविसले समेत आन्तरिक तथा बाह्य पर्यटक आवागमनका लागि विशेष महत्व राख्दछन् ।- यज्ञमूर्ति तिमिल्सिना


निर्माणाधिन तानसेन दरवार, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरु, श्रीनगर बाहेक बौघागुम्हा गाविसको प्रेमको प्रतिकको रपमा परिचित रानीमहल, अर्गली दरवार, रिडी ऋषिकेशव, दर्लममहाकाली, भैरस्थान स्थित सबैभन्दा ठूलो त्रिशुल, ताहुँ, रामपुर लगायत नगरपालिका बाहिर होमस्टे सञ्चालन गरिएको बौघागुम्हा गाविसले समेत आन्तरिक तथा बाह्य पर्यटक आवागमनका लागि विशेष महत्व राख्दछन् । 
पर्यटक भित्र्याउने एउटा रणनैतिक र दीर्घकालिन योजना पर्यटन वर्ष सन् २०११ को प्रारम्भ देशभर धुमधामका गरि देशव्यापी रुपमै कार्यप्रक्रियालाई अगाडि बढाइदै आइएको छ । शिक्षा, स्वास्थ्य पर्यटन र कुटीर उद्योगको नारा बोकेको पश्चिम नेपालकै पर्यटन क्षेत्रमा अग्रणी मानिने पाल्पामा समेत पर्यटन वर्षको शुभारम्भ गरि सफलताको लागि सवै क्षेत्र लागि परेका छन् । गाउँ टोलदेखिदेखि नगर शहरसम्मका सर्वसाधारणदेखि, शिक्षक, प्राध्यापक, व्यवसायी, पत्रकार कर्मचारी सबै क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरु आ आफ्नै स्थानबाट जुर्मराएका छन् र नारा लगाएका छन् पर्यटन वर्ष सफल पारौं । 
देशको आर्थिक सामाजिक र साँस्कृतिक विकासमा निकै ठूलो योगदान पुग्ने हिसावले १३ वर्ष अघि १९९८ को पर्यटन वर्षले सिकाएको पाठ र त्यसैको सफलताको अनुसरण गर्दै सन् २०११ लाई अगाडि सारिएको पाइन्छ । नेपाल सरकारले लिएको उद्देश्य पूर्तिका लागि सन् २००७ मा नेपाल भित्रिएको पर्यटकको संख्याको तुलनामा दोब्बर विदेशी पर्यटक नेपाल भित्रिनु आवश्यक छ । जुन उद्देश्य पूर्तिका लागि काठमाण्डौै पोखरा लगायतका जिल्लाले मात्र नभएर पाल्पा जस्तो जिल्लाले समेत अहम भूमिका निर्वाह गर्दछ । लुम्विनी अञ्चलको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पाल्पा, जैतिहासकी खानी पहाडकी रानीको नाराले परिचित छ, जसले इतिहासमा अग्रणी भूमिका खेलेको छ, वर्तमानमा अन्य जिल्लाको तुलनामा पृथक र भविष्यमा हाम्रा सन्नतीका सामु सहज मार्गदर्शन हुने गरि पाल्पाको ५ वर्षे पर्यटन गुरुयोजना तयार गरि अगाडि बढेको छ, त्यही जिल्ला हो पाल्पा । 
शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योगको नाराका साथ पाल्पाले पर्यटनमा समग्र नेपालकै अगुवाई गरेको छ तर कतिपय अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकका माँझ पाल्पाको विशेष महत्व झल्काउन नसक्दा केही अप्ठ्याराहरु देखिएका छन्, जसका कारण पर्यटकीय विकासका लागि र पर्यटक आवागमनमा समेत सहज बातावरण बन्ने वातावरण बन्न सकेको छैन । 
इमेल, जिमेल, फेसबुक र टेलिफोनमा कुराकानी गर्ने क्रममा पाल्पा नआउनुभएका बिश्वभरका साथीहरुलाई लौं, पाल्पा घुम्न आउनुस् भनेर साधारण निमन्त्रणा दिनासाथ साथीहरुले हामी पाल्पा आएपछि के के कुराहरुमा अन्य जिल्लाको भन्दा फरक पन पाइन्छ भन्ने प्रश्न राख्नुहुन्छ । सवाल जवाफ मज्जाले हुन्छ, मैले विश्वकै ठूलो करुवा, हातैले बुनेको पाल्पाली ढाका, एसियाकै सबैभन्दा ठूलो ढोका, एसियाकै ठूलो त्रिशुल, निर्माणाधीन दरवार, रानीघाट रानीमहल आदिबारे जानकारी दिदै ती बस्तु र स्थानहरुको ठूलै व्यख्या बर्णन गरेको हुन्छु । कतिपय आश्चर्यमा पर्नुहुन्छ कतिपयले चाँहि तपाईले भन्नुभएका स्थान र बस्तुको संरक्षण र ब्यवस्थापन कसरी भइरहेछ भन्ने जिज्ञाशा राख्नुहुन्छ । जसको उत्तर सहजै दिन गाह्रो छ । जस्तै पाल्पा लगायत १६ जिल्लाका विद्यार्थीको अध्ययन थलो पाल्पाको पछिल्लो अवस्था, पाल्पाली करुवा हराउँदै गएपछि अन्य जिल्लामा निर्माण गरिएका करुवालाई समेत पाल्पाली करुवाको रुपमा प्रचारवाजी गरिनु, हातैले बुनिएको ढाका माग भएजति पूर्ति हुन सकेन जसका कारण पूर्वेली, झापाली ढाकाले बजार पायो र धेरै ग्राहकहरुलाई झुक्याइका गुनासा आएपछि स्थानीय स्तरमा सो समस्याको समाधानका लागि केही हदसम्म प्रयास भएको पाइन्छ । त्यस्तै जिल्ला भित्रिने पर्यटकको ब्यवस्थापनको पहल, पर्यटन सूचना केन्द्रको स्थापनाको पहल, कोशेली घरको प्रवन्ध, पर्यटक प्रहरीको अवधारणा, पर्यटक सहुलियत होटल तथा लजको प्रवन्ध, अभिलेखको ब्यवस्था, पर्यटक मार्गदर्शकको प्रवन्ध जस्ता विषयमा परिवर्तनका लागि पहल भएको देखिन्छ यसले पनि पर्यटन प्रवर्धनका लागि निकै सघाउँ पुर्याउनेछ । 
तानसेनमा नगरमा सञ्चालन गरिएका होमस्टे, गाउँ गाउँमा पुगेको सञ्चार सुविधा सँगै जाँगेको स्थानीय जागरुकताले समेत पर्यटन विकासका लागि थप पुर्याउने देखिन्छ । 
पर्यटन वर्ष सन् १९९८ देखि जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई सेभेन प्वाइन्ट्सको रुपमा परिभाषित गरिएपनि यसपटक त्यसलाई परिमार्जन गरिएको छ । तानसेन नगर, निर्माणाधिन तानसेन दरवार, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरु, श्रीनगर बाहेक बौघागुम्हा गाविसको प्रेमको प्रतिकको रपमा परिचित रानीमहल, अर्गली दरवार, रिडी ऋषिकेशव, दर्लममहाकाली, भैरस्थान स्थित सबैभन्दा ठूलो त्रिशुल, ताहुँ, रामपुर लगायत नगरपालिका बाहिर होमस्टे सञ्चालन गरिएको बौघागुम्हा गाविसले समेत आन्तरिक तथा बाह्य पर्यटक आवागमनका लागि विशेष महत्व राख्दछन् । 
जिल्लाको पर्यटन पवर्धनका लागि यहाँस्थित नारायण स्थान स्थित मन्दिरको कलात्मक टुँडाल, अमरनारायण मन्दिरकै झ्याल, खम्वा, आदिको कलाकृति, धातुकला, तोरणसहितको ढोका र कलात्मक गजु र घण्ट आदिले समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । 
विशेष महत्वका दुई दरवारको चर्चा :
तानसेन दरवार : 
राणाकालिन इतिहासँग जोडिएको तानसेन दरवारको हाल पुर्ननिर्माण कार्य भइरहेको छ । ससस्त्र द्धन्दको समयमा तत्कालिन माओवादीको आक्रमणमा सोत दरवार ध्वस्त भएको थियो । आक्रमण पहिले यो दरवार पूर्व मोहडा फर्किएको तीन तले थियो । पक्की र कच्ची इटा, काठ, ढुंगा, झिगटी र कर्कटपाताबाट तयार गरिएको सो दरवार हाल पुर्ननिर्माणको अवस्थामा रहेको छ । सम्झौता २०६४ सालबाट निर्माण कार्य प्रारम्भ गरिएको सो दरवारको निर्माण कार्य २०६७ साल असार मसान्तभित्र सकिसक्नु भएपनि यसको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । खासगरि जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो दरवार विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ । 
रानीमहल: 
आफ्नी श्रीमति तेजकुमारीको निधन भएपछि उनको पिडामा छट्पटिएका खड्गसम्शेरले बौघागुम्हा गाविस स्थित कालीगण्डकीको किनारमा ऐतिहासिक रानीमहलको निर्माण गरेका थिए । विं.स..१९५० मा निर्माण कार्य सुरु गरि ४ वर्षको अवधिमा सो दरवारको निर्माण कार्य सम्पन्न भएको थियो । उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएको सो दरवारको हालै लिपपोत गरिएको छ । पर्यटन वर्षको पुर्वसन्ध्यामा विभिन्न सरकारी कार्यालयहरुको सहयोगमा स्थानीय असल शासन क्लवले सो दरवारको लिपपोत गरेको हो । दरवारसम्म पुग्न यातायात पहँच नभएकोले अधिकांश पर्यटकहरु पैदलबाटै दरवारसम्म पुग्ने गर्दछन् । दरवारमा पुग्न जिल्ला सदरमुकाम तानसेनबाट करिव ३ घण्टा पैदल हिड्नुपर्छ ।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login