११ फागुन, बाँके । जिल्ला सदस्य माथी भएको गोली प्रहारको विरोधमा राप्रपा नेपालले बुधबार बाँकेको नेपालगन्ज बन्द आह्वान गरेको छ । बाँके बेतहनी- ९ उचुवा बाबाकुटीका ६५ बर्षर्ीय निरबहादुर अधिकारीमाथी गोली प्रहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहि गर्न माग गर्दै बन्द आह्वान गरेको राप्रपा नेपालले विज्ञप्ती मार्फत जनाएको छ ।
बन्दको भने खासै प्रभाव परेको छैन । नगरभित्र यातायातका साधनहरु चलिरहेका छन् भने पसल पनि खुलेका वडा प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका अधिकारीलाई मंगलबार विहान साढे १ बजेतिर अज्ञात समुहले गोली हानी गम्भीर घाईते बनाएको थियो । घाईते अधिकारीको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
source:-onlinekhabar
0 commentaires