बाराका सरकारी कार्यालय अनिश्चितकालीन बन्द


कर्मचारी हत्याको विरोधमा शव सहित धर्ना


११ फागुन, बारा । कर्मचारी हत्याको विरोधमा बाराका सम्पूर्ण सरकारी कार्यालयहरु अनिश्चितकालीन बन्द गरिएको छ । मालपोत कार्यालयका नायबसुब्बा माधव थापाको हिजो बेलुकी हत्या भएपछि जिल्लाका कर्मचारी संघ संगठनहरु सरकारी कार्यालय बन्द गराउँदै आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी थापाको शव राखेर धर्ना दिएका छन् । कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न, थापाको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, मृतक परिवारलाई राहत उपलब्ध गराउन गर्न माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
घरमा टिभि हेरेर बसिरहेको बेला थापालाई हिजो बेलुकी हतिरधारी समूहले गोली हानी हत्या गरेको थियो । हत्याको जिम्मा अखिल तराई मुक्ति मोर्चा नामक भुमिगत समूहले लिएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login