नेपाल आएकोमा गर्व गरे ब्रयानले


ट्वीटरका साथ ब्रायनको सोल्टी बसाइ-
कृष्ण ढुंगाना, काठमाडौं, फागुन ७- केही समयअघि काठमाडौं अवतरण गरेका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरेका छन्। प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरुको बेवास्ता गर्दै भव्य रकस्टारलाई स्वागत गर्ने नेपालीहरु देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका छन्- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।'
कडा सुरक्षाका साथ विमानस्थलबाट सोल्टी पुगेका ब्रायनले फ्यानहरुसँग साक्षत्कार गर्नसक्ने अवस्था रहेन। धन्य ट्वीटर ! सोल्टीको आरामदायी रुममा बसेर यी रक स्टार फ्यानहरुलाई शान्त पारिरहेछन्। 'मलाई थाहा छ, यो यात्रा असाध्यै रोमाञ्चक भएको भयो', आफ्नो ढाका कन्सर्ट बारे सम्झाउँदै एकजना फ्यान आस्थालयले ब्रायनका लागि बंगलादेश यात्रा पनि त पहिलो पश्चिमी बेन्डकै रुपमा भएको थियो नि भनेर लेखेकोमा उनले प्रतिक्रिया दिएका छन्।

प्रजातन्त्र दिवसको दिन नयाँ हिरोको रुपमा काठमाडौं आएका रक स्टारको ट्वीटर पछ्याउँदै धेरै नेपालीहरुले लेखेका छन्- 'नेपालमा तिमीलाई न्यानो स्वागत छ।' बाहिरको संसारमा सुरक्षाको समस्या भए पनि ट्वीटरमा ब्रायन निकै उन्मुक्त देखिन्छन्। सोल्टी होटल पुगेको पहिलो एक घण्टामा उनले आफ्नो ट्वीटर तीन पटक अपडेट गर्न भ्याएका छन्।

काठमाडौं विमानस्थलको स्वागत पनि ब्रायनलाई भव्य लागेछ। एकजना फ्यानको आग्राहमा तस्विर ट्वीट गर्दै ब्रायनले लेखेका छन्- 'नेपालको कन्सर्टका लागि विमानस्थलमा उत्रँदा भव्य स्वागत।' प्रहरीको कडा सुरक्षा, सञ्चारकर्मी र सर्वसाधारणको ठूलो भिड देखिनेगरी खिचेको सो तस्विर उनी आफैँले खिचेको जस्तो देखिएको छ। ब्रायन फोटोग्राफीका सौखिन हुन्।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login