धनकुटाको हिलेमा भीषण आगलागी


नियन्त्रणमा लिन खोज्ने छ जना घाइते 
धनकुटा, फाल्गुन ७ - धनकुटाको हिले बजारमा आगलागी हुँदा शनिबार साँझ छ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा छ जना जलेर घाइते भएका छन् ।
जलेका घरहरु सर्मिला डंगोल, नेत्र बुढाथोकी र हेमबहादुर तामाङलगायतका ब्यक्तिका छन् । हिले बजार जिल्ला सदरमुकामबाट १० किलोमिटर उत्तरमा पर्दछ ।
घाइतेहरुको उनीहरु धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । साँझ ५.३० मा सुरु भएको आगलागीको कारण पत्तालाग्न सकेको छैन ।
नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा र जिल्ला प्रहरी कार्यालयबाट गएको टोली तथा स्थानीयले आगो निभाउने कोशिस जारी राखेका छन् । बरुणयन्त्र पुग्न सकेको छैन । पानीको अभाव रहेकाले आगो निभाउन कठिन भएको छ ।
 source:- ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login