ब्रेन एट्याक तुरुन्त उपचारले निको हुन्छ (स्वास्थ्य)


काठमाडौ, फाल्गुन ७ - उपत्यकामा दिनहुँ करिब ३० भन्दा बढी ब्रेन एट्याकका रोगी अस्पताल पुग्छन् । मुलुकमा नशासम्बन्धी रोगीहरूमध्ये ५० प्रतिशत ब्रेन एट्याकका रोगी छन् । छिट्टै चिकित्सा सुविधा उपलब्ध भयो भने ब्रेन एट्याकको रोगी तीव्र गतिले स्वस्थ हुन्छन् । तर जनचेतनाको अभावमा मस्तिष्कघातका अधिकांश रोगी १२ घन्टाको पर्खाइपछि अस्पतालमा पुग्ने गरेका छन् । रोगग्रस्त आधाजति अस्पताल पुग्दैनन् ।
नेपाली समाजमा मस्तिष्कघातलाई सुरुदेखि नै उपचार नहुने रोग सम्झिने गरिएको छ । यस्तै यो रोग उमेर पुगेकाहरूलाई मात्र हुने मान्यतासमेत विद्यमान छ । ढिलो उपचार सेवा लिनु पछाडिका यी सामान्य कारणहरू हुन् ।
'जनजिब्रोमा बसेको पक्षाघात/लकवालाई ब्रेन एट्याकको रूपमा लिएर आकस्मिक चिकित्सा सेवा लिने शिक्षा दिनु अत्यावश्यक छ,' वरिष्ठ स्नायु शल्य चिकित्सक डा.वसन्त पन्त भन्छन्, 'पक्षाघातको लक्षण देखिन थाल्नेदेखि आकस्मिक कक्ष पुग्दासम्मको समय जति कम गर्‍यो त्यति राम्रो ।' अन्नपूणर्ा न्युरोलोजिकल इन्स्िटच्युटमा दिनहुँ दुई ब्रेन एट्याकका रोगी पुग्ने गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मेडिसन विभागमा हुने कुल भर्नाको ३ प्रतिशत ब्रेन एट्याकका रोगी छन् ।
'नशासम्बन्धी केशमा ५० प्रतिशत मस्तिष्कघातको केश आउने गरेको छ,' त्रिवि शिक्षण अस्पताल, नशा रोग एकाईका वरिष्ठ स्नायु रोग विशेषज्ञ प्राडा. जगदीशप्रसाद अग्रवाल भन्छन् । पक्षाघात अर्थात् स्ट्रोक त्यतिखेर हुन्छ जब मस्तिष्कको कुनै खण्डमा रगतको आपूर्ति रोकिन्छ वा मस्तिष्कको कुनै रगतको नली च्यातिएर कोशिका छेउछाउमा जम्मा हुन्छ ।
मुटुमा रगत आपूर्ति अभाव भएर हृदयाघात हर्ट एट्याक) भएजस्तै मस्तिष्कमा रगतको प्रवाह कम भए वा एक्कासि रक्तश्राव हुन लाग्दा मस्तिष्कघात भएको मानिन्छ । हृदयाघातजस्तै मस्तिष्कघातमा समेत तुरुन्त उपचार आवश्यक हुन्छ । यसमा सामान्यतः रोगीको शरीरको एकपट्ट पक्षाघात हुन्छ । मात्र अनुहार, एउटा हात एउटा खुट्टा, शरीर वा अनुहारको सम्पूर्ण एक खण्डमा पक्षाघात हुन सक्छ वा दुर्बलता आउन सक्छ ।
पक्षाघातले दायाँ अंगले काम गर्न छाडेको व्यक्तिकोे मस्तिष्कमा बायाँ गोलार्द्ध -हेमिस्पियर)मा पक्षाघात भएको हुन्छ । यस्तै मस्तिष्कको दायाँ गोलार्द्धमा पक्षाघात हुँदा बायाँ अंगले काम गर्न छोड्छ । 'बायाँ मस्तिष्कको प्ाक्षाघातको नकारात्मक प्रभाव सबैभन्दा बढी हुन्छ,' दाहिने मस्तिष्कमा भएको स्ट्रोक अलि सुरक्षित हुने उल्लेख गर्दै डा.पन्त भन्छन्, '९७ प्रतिशत मान्छेको बायाँपट्टकिो मस्तिष्क दायाँभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।' मस्तिष्कमा रगतको आपूर्ति रोक्दा केही कोषिका तुरुन्त मर्छन् । अन्य कोशिका पनि मर्ने खतरा रहन्छ । समयमै औषधि गर्दा क्षतिग्रस्त कोशिका
-पेनव्रा) लाई बचाउन सकिन्छ ।
मस्तिष्कमा अपर्याप्त रक्त आपूर्तिको स्थितिमा कोशिकाका लागि अक्सिजन र पोषणको अभावलाई इस्किेनिया भनिन्छ । यही कारण मस्तिष्कको कोशिका मर्छ । क्षतिग्रस्त कोषिकाहरू मस्तिष्क रहन्छ । अनुसन्धानअनुसार स्ट्रोक सुरु भएको साढे तीन घन्टामा जमेको रगतका फोकालाई घोल्ने एजेन्ट टिस्यु-प्लाज्मिनोजेनएक्टिवेटर दिएर यी कोशिकामा रगतको आपूर्ति कायम गर्न सकिन्छ । ब्रेन एट्याकले मस्तिष्कमा भएको क्षतिको भरपाइ मस्तिष्कले गर्ने वा न गर्नेबारे स्पष्ट जानकारीको अभाव छ । विभिन्न अध्ययनमा मृत्यु नभई क्षतिग्रस्त मात्र भएको मस्तिष्कको कोशिका पुनः स्वस्थ हुन सक्ने देखिएको छ । केही मामिलामा मस्तिष्क आफंै कामको पुनर्संयोजन गर्छ । कहिलेकाहीँ त मस्तिष्कका केही खण्डले क्षतिग्रस्त खण्डको कामसमेत सम्हाल्न थाल्छन् ।
लक्षण
एकदमै सामान्य व्यक्ति कुरा गर्दा गर्दै एक्कासि ढल्छन्, बेहोस हुन्छन्, उठे पनि एक पाटो न चल्ने हुन्छ भने यो मस्तिष्कघात हो । कहिलेकाहीँ बेहोस नभए पनि एक पाटो भने नचल्ने हुन्छ । सामान्यतः शरीरको एक भागमा आकस्मिक कमजोरी देखिनु, बोल्नु वा कसैको कुरा बुझ्न एक्कासि अप्ठ्यारो अनुभव गर्नु, एउटा वा दुवै आँखाको दृश्यशक्ति एक्कासि कम भई अप्ठ्यारो हुनु, कुनै कारणबिना एक्कासि टाउको दुख्नु वा रिंगटा लाग्नुलगायत यसका लक्षण हुन् । रिंगटा लाग्नु, टाउको दुख्नुको कारण परीक्षणका क्रममा पनि पक्षाघात उपचार हुन सक्छ ।
जोखिमको कारक
धुमपान, तनाव, मोटोपना उच्च रक्तचाप, मुटु रोग, मधुमेह पक्षाघातको जोखिम उत्पन्न गर्ने सबैभन्दा महत्त्वपूर्ण कारक हुन् । यस्तै, अत्यधिक मदिरा सेवन, रगतमा कोलेस्ट्रोलको उच्च स्तर, आनुवांशिक वा जन्मजात परिस्थिति, लागूऔषधको सेवनसमेत 'ब्रेन एट्याक'का लागि जिम्मेवार हुन्छ । रक्तचापबारे जनचेतना अभावले गर्दा समग्र स्ट्रोकमध्ये आधा जति मस्तिष्कमा रक्तश्राव भएर हुने मस्तिष्कघात देखिने गरिएको उल्लेख गर्दै प्राडा.अग्रवाल भन्छन्, 'रक्तचाप नियन्त्रणमा राख्नुपर्ने चेतना सबैमा हुनु अत्यावश्यक छ, यसले 'ब्रेन एट्याक' को संख्यामा कमी ल्याउँछ ।'
'स्थिति सामान्य भएपछि रक्तचापको औषधि खान छोड्नु ब्रेन एट्याक हुने सबैभन्दा सामान्य कारण हो,' डा. पन्त भन्छन्, 'रक्तचापको औषधि सुरु गरेपछि रक्तचाप सामान्य भए पनि औषधि खान छोड्नु हुन्न ।'
अमेरिकास्थित नेसनल स्ट्रोक एसोसिएसन, नेसनल इन्स्िटच्युट अफ न्युरोलोजिकल डिजआर्डर एन्ड स्ट्रोकको अनुसार राम्ररी उपचार भए करिब १० प्रतिशत पक्षाघातपीडित पूर्णरूपमा निको हुन्छ । २५ प्रतिशत भने केही सामान्य विकृतिसँगै निको हुन्छ ।
यो समस्याले पीडित ४० प्रतिशत हलकादेखि लिएर गम्भीर विकलांगताबाट ग्रस्त हुन्छन् र उनीहरूलाई विशेष रेखदेख आवश्यक हुन्छ । यस्तै, १० प्रतिशतलाई स्वास्थ्य केन्द्रमा राखेर दीर्घकालीन रेखदेख गर्ने अर्को सुविधा दिएर स्याहार गर्नुपर्ने हुन्छ । यस्तै, १५ प्रतिशत पक्षाघातको रोगी केही समयमै मर्छन् ।
पुनस्र्थापन
ब्रेन एट्याक भएपछि तुरुन्तै पुनस्र्थापन कार्य अस्पतालमै सुरु हुनुपर्छ । 'आईसीयूबाटै पुनस्र्थापन सुरु गर्नुपर्छ,' डा.पन्त बताउँछन् ।
पुनस्र्थापनको उद्देश्य रोगीको क्रियाकलापमा सुधार ल्याउनु हो । यसबाट ब्रेन एट्याक भएकाहरू सम्भव भएसम्म स्वतन्त्र रहन सकून् । उनीहरूलाई खाना खानु, हिँड्नु, बोल्नुजस्ता मौलिक काम पुनः सिकाउनुपर्ने स्थितिसमेत आउन सक्छ । पक्षाघातबाट हुने विकलांगतामा शरीरको अंग काम नगर्नु, बोल्न अप्ठ्यारो हुनु, भावनात्मक समस्या, दैनिक जीवनको समस्या, दुखाइ आदि प्रमुख हुन् ।
ब्रेन एट्याकले सोच्ने, सम्झिने शक्ति, एकाग्रता, सिक्ने, स्मरणशक्ति आदिलाई समेत प्रभावित गर्छ । यो रोगपीडित व्यक्तिलाई प्रायः अरूको कुरा बुझन र आफ्नो कुरा सम्झाउन समस्या हुन
सक्छ ।
यस्ता रोगीलाई आफ्नो भावनालाई नियन्त्रण राख्नमा समस्या हुन्छ, उनीहरू खास स्थितिमा अनुचित भावनासमेत व्यक्त गर्न सक्छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login