सशस्त्र विद्रोहको चेतावनी


धनकुटा , फाल्गुन ५   - निर्धारित समयसीमाभित्र संविधान नबने माओवादी मातृका समूहले सशस्त्र जनविद्रोह गर्ने चेतावनी दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता भरत दाहालले मंगलबार सदरमुकाममा पत्रकार भेला गरी हतियार उठाएर आन्दोलन गरिने पूर्वतयारी रहेको जनाएका हुन् ।


जेठ १४ गतेभित्र संविधान बनाउन दबाब दिँदै संविधानसभामा सहभागीले दलले विभिन्न बहानामा संविधान नबनाई म्याद थपेमा आफूहरू सेना र हतियारबाट आन्दोलनमा जान बाध्य हुने उनले जनाए । समयसीमाभित्र संविधान नबने हामी शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्नेछौं, दाहालले भने, 'दमन गरिए हतियार उठाउन बाध्य हुनेछौं ।'



पार्टीमा हतियारबिनाको वैचारिक सेना रहेको दाबी गर्दै दाहालले आफूहरूमाथि दमन गरिए त्यसको प्रतिकारका लागि तयारी अवस्थामा सेना राखिएको बताए । विसं ०५२ मा माओवादीले सुरु गरेको जस्तै जनविद्रोह आफूहरूले पनि गर्ने उनले बताए । निर्धारित समयमा संविधान बन्ने संकेत नदेखिए पनि यसमा सक्रियता देखाए संविधान लेखन सम्भव भएको उनले बताए । हामीले हतियार उठाउने परिस्थिति हुनुअगावै तोकिएको समयमा संविधान लेखियोस् भन्ने उनको आग्रह थियो ।



यसैबीच मातृका समूहको आफूहरु र माओवादीको वैद्य समूहबीच पुनः आन्तरिक सहकार्य भएको खुलासा गरेको छ । वैद्य समूह र आफूहरुबीच  वैचारिक सामीप्य रहेको दाहालले बताए । माओवादीबाट असन्तुष्ट भई विभाजित मातृका समूहले पार्टीसँग औपचारिक सम्बन्ध नभए पनि वैद्य समूहसँग नजिक रहेको जानकारी दिएको छ । पुरानो पार्टीसँगको सम्पूर्ण सम्बन्ध पहिल्यै सकिए पनि वैद्य समूहसँग भने केही समयदेखि सम्बन्ध सुदृढ हुँदै आएको बताइएको छ ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login