अनियमितता रोक्न सीसीटिभी


पोखरा, फाल्गुन ४ - लाइसेन्स वितरणमा सबैभन्दा धेरै अनियमितता हुने गरेको पोखरामा सीसीटीभी जडान हुने भएको छ । यातायात व्यवस्था विभागको एक टोली सीसीटिभीका उपकरण लिएर बुधबार यहाँ आइपुगेको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको नेतृत्वमा प्राविधिक निर्देशक प्रेम सिंह र जडान गर्ने कम्पनीका प्राविधिक आएका हुन् । टोलीले 

सोही दिन यातायात व्यवस्था कार्यालय परिसर निरीक्षण गरी क्यामेरा जडानका लागि ठाउँसमेत तय गरेको छ ।

 राजधानीमा साउनमा सीसीटीभी जडान गरेपछि लाइसेन्स वितरणमा हुने अनियमितता निकै रोकिएको अनुभवले विभागले दोस्रो ठाउँमा पनि त्यस्तै क्यामेरा प्रणाली अपनाउन लागेको हो । अञ्चल यातायात व्यवस्था कार्यालय गण्डकीमा लाइसेन्सका लागि परीक्षा दिने सबैजसो उत्तीर्ण हुने गरेको समाचार छापिएकै भोलिपल्ट सीसीटीभी लिएर महानिर्देशक यहाँ आइपुगेका हुन् । 

'पत्रिकामा समाचार छापिएपछि, यो त भएन भन्दै कर्मचारीको तर्फबाट अनियमितता रोक्ने प्रयासस्वरूप सबै सामान जुटाइ लिएर आयौं', उनले कान्तिपुरसँग भने, 'क्यामेराले मात्रै सबै अनियमितता बन्द गरेर कायापलट नै त नहोला तर राज्यको कर्मचारीका तर्फबाट प्रयास गर्न लागेका हौं । सेवाग्राही, कर्मचारी, नागरिक समाज सबैको सहयोग भएमा मात्र अनियमितता रोकिएला ।' 

टोलीले बुधबारदेखि नै क्यामेरा जडान कार्य थाल्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षालाई पारदर्शी बनाउन दुई क्यामेरा, मनिटर, ब्याट्री लगायतका विद्युतीय उपकरण जडान गरिने पोखरा कार्यालयका निमित्त प्रमुख कालिबहादुर भुजेलले बताए । 

यो सबै काम एम  टेक कम्पनीले गर्न लागेको छ । 

काठमाडौंमा पनि सोही कम्पनीले जडान गरेको थियो । काठमाडौंको पुल्चोकस्थित साझा भवन र सिंहदरबारको बग्गीखानामा सीसीटिभी जडान भएको थियो । एक ठाउँमा यो प्रविधि जडान गर्न ३ देखि साँढे ३ लाख रुपैयाँ खर्च हुने कामु महानिर्देशक दुवाडीले बताए । इन्टरनेटको लिज लाइन लिएपछि विभाग, मन्त्रालयबाट समेत पोखराको प्रयोगात्मक परीक्षा तत्कालै वा रेकर्डमा चाहेको बेला हेर्न सकिने उनले बताए । 

राजधानीमा सीसीटिभी जडान गरेपछि यहाँ लाइसेन्समा चाप बढेको थियो । ड्राइभिङ स्कुललाई पैसा दिएर वा सामान्य भनसुनबाट समेत हाजिर भएपछि ट्रायल नकटाए पनि सजिलै लाइसेन्स पाइने गरेको थियो । ड्राइभिङ इन्स्िटच्युटमार्फत यातायात कर्मचारीले रकम लिने भएपछि यहाँ राजनीतिक दल, भ्रातृ संस्थाका नेता, कर्मचारी वा प्रहरीका आफन्त, पत्रकार समेतको भनसुनका भरमा सजिलै लाइसेन्स पाउँदै आएका थिए ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login