९६ वर्षकी वृद्धाको यौनधन्दा, आम्दानी ६० लाख


सेक्स चाहना प्राकृतिक हो । तर यसोभन्दैमा कसैले मोटो रकम तिरेर बृद्वसँग सेक्स गर्ला त ? यो त पत्याउनै गाह्रो छ । तर लण्डनबाट अमेरिका बसाई सरेकी ९६ वर्षकी मिली कुपर यौनधन्दामा ब्यस्त छन् । उनी यौनधन्दामा मात्र छैनन्, वाषिर्क ५० हजार पाउण्ड अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ पनि आम्दानी गरिरहेकी छन् ।
दोश्रो विश्व युद्व समाप्त भएदेखि व्यवसायिक यौनधन्दा थालेकी यी वृद्धाले हालसम्म ३५ सय पुरुषसँग सहवाश गरिसकेको दावी गरेकी छन् । मिली कुपर नामकी एक बृद्वले अझै पनि आफ्नो ग्राहकलाई सेक्स सेवा दिदै आएको र यसबाट वाषिर्क ५० हजार स्टर्लिङ कमाउने गरेको दावी गरिन ।
अहिले दुई ग्राहकलाई सेक्स सेवा दिदै आएकी बृद्वले उनीहरुबाट एक पटकमा ८ सय स्टर्लिङपाउण्ड लिने गरेको बताइन् । उनीसँग सम्बन्धका लागि आउने पुरुषहरु २९ वर्षदेखि ९२ वर्षसम्मका छन् । २७ वर्ष उमेरमा एक अमेरिकीसँग बिबाह गरी यी वृद्धा लण्डनबाट अमेरिकाको लस भेगासमा आएकी थिइन् । उन्का श्रीमानको लसभेगास मै सन् १९४५ मा मृत्यु भएको थियो ।
त्यसबेला काखमा सानी छोरी रहेको र हातमुख जोड्न उनलाई ठूलो समस्या भएको थियो । फलत उनले सुरुमा लसभेगासका रेष्टुरेण्टहरुमा ‘शो गर्ल’को काम गर्नुपरेको थियो । शो गर्लबाट राम्रो आम्दानी नभएपछि यी वृद्धाले यौनधन्दा सुरु गरेकी थिइन । यौनधन्दा सुरु गरेपछि उनलाई दैनिक गुजारा गर्न मद्दत मिलेको थियो । दोश्रो विवाहपश्चात केहि युवतीको समूह बनाई उनले यौन व्यवसायलाई निरन्तरता दिएकी थिइन् ।
छोरी अलि ठूलो भएपछि उनले यौनधन्दा बन्द गरेकी थिइन । तर यौनधन्दा छोडेको २५ वर्षपछि यी वृद्धा फेरि पुरानै बाटोमा फर्किएकी हुन् । बेलायतको प्रसिद्ध दैनिक डेली मेलसँग कुराकानी गर्दै यी वृद्धा भन्छिन्, ‘आजकलका युवतीहरुको स्तन धेरै ठुला छन् र शरिर साह्रै पातलो । युवतीहरु अर्धनग्न भएर सडकमा हिड्छन् । मैले कम्तीमा निश्चित मर्यादा कायमै राखेको छु । पहिरन राम्ररी लगाउछु अनि मेरा ग्राहकहरु भद्रभलादमी हुन्छन् ।’
विश्वकै सबैभन्दा वृद्धा यौनधन्दामा लागेको खुलाशा गर्ने पत्रिका डेलि मेलको अनलाइन समाचार
 मिली कुपर नाम गरेकी यी वृद्धा लण्डनको यही ठाउँमा जन्मिएकी थिइन
 पतिको मृत्यु भएपछि यी वृद्धाले अमेरिकाको लसभेगासमा यसैगरी ‘शो गर्ल’को काम गरेकी थिइन ।
 source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login