६ वर्षीय नाबालक अपहरित


सप्तरी, १० फागुन सप्तरी सदरमुकाम राजविराजबाट सोमबार दिउँसै एक नाबालक अपहरणमा परेका छन् । राजविराज नगरपालिका-५ निवासी रामकुमार साहका ६ वर्षीय छोरा आयुषकुमार साह अपहरणमा परेका हुन् 

राजविराजस्थित गौतम शिशु सदन बोर्डिङ स्कुलको नर्सरी कक्षामा अध्ययनरत बालक साह सोमबार विद्यालयबाट घर फर्किने क्रममा राजविराज नगरपालिकाअगाडिबाट अपहरणमा परेका हुन् । सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत दिदी विनिता साह र कक्षा २ मा अध्ययनरत दिदी अनिता साहसँगै घर जाँदै गरेका वेला आयुष अपहरणमा परेका हुन् 
'तिम्रो आमालाई म चिन्छु, हिँड मसँग' भन्दै ती व्यक्तिले आयुषलाई जबर्जस्ती मोटरसाइकलमा राखेर भागेको आयुषकी दिदी विनिताले बताइन् । उनले भनिन्, 'मैले केही भन्नै पाएकी छैन, उनीहरूले आयुषलाई जबर्जस्ती मोटरसाइकलमा राखेर भागे ।' जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अपहरित बालकको खोजीकार्य भइरहेको छ 

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login