बहराइन र लिबियामा नेपाली कामदार पठाउन रोक


ललितपुर वैदेशिक रोजगारीका आकर्र्षक गन्तव्य मुलुक बहराइन र लिबियामा आन्दोलन चर्किंदै गएपछि सरकारले कामदार पठाउन रोक लगाएको छ । बहराइनमा २५ हजार नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । गैरकानुनी ढङ्गले गएका समेत गरी करिब ४० हजार नेपाली त्यहाँ रहेको अनुमान छ । लिबियामा तीन हजारभन्दा बढी नेपाली कार्यरत् छन् ।
सुरक्षाका लागि कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागका निर्देशक काशीनाथ मरासिनीले बताए । बहराइनको राजधानी मनामामा सोमबारदेखि बहुसङ्ख्यक सिया समुदायले सुन्नी मुस्लिम राजपरिवारविरुद्ध आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीहरु राजनीतिक निकासका साथै राजतन्त्र अन्त्यको माग राख्दै आन्दोलनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजनीतिक बन्दीको रिहाइ, रोजगारी सिर्जना तथा जनताद्वारा लिखित संविधानको माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रदर्शनकारीहरुले बताएका छन् ।
लिबियामा पनि प्रजातन्त्रको माग गर्दै सैनिक शासनविरुद्ध जनता सडकमा उत्रिएका छन् । त्यहाँको आन्दोलन र नेपाली कामदारको अवस्थाबारे जानकारी लिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको निर्देशक मरासिनीले बताए । नेपाली जोखिममा परे उद्धारको व्यवस्था मिलाउन परराष्ट्रमार्पmत् सम्बन्धित मुलुकका दूतावासमा आग्रह गरिएको छ । ‘आन्दोलन नरोकिएसम्मका लागि कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिएको हो’, उनले भने ।
वैदेशिक रोजगार व्यवसायी संघले पनि बहराइन र लिबियामा आन्दोलन बढ्दै गएपछि तत्कालका लाग कामदार नपठाउन आग्रह गरेको थियो । बहराइनको राजधानी मनामामा नेपाली धेरै रहेकाले हडतालको समयमा बाहिर ननिस्कन संघले अनुरोध गरेको छ ।

source:-blast
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login