नायिका भन्दा चश्माको चर्चा, नायक भन्दा खलनायक हिट


राजेश, रेखा र आर्यनको चर्चा मात्रै 
 संजय सौगात बुटवल,१५ फागुन बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरूको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो । त्यो पनि नायकीहरूको मात्र । 
फिफा टेक्निकल सेन्टर देवीनगरमा भएको प्रतियोगितामा मैदानमा खेलाडीको रूपमा मैदानमा नदेखिए पनि फुटवल पोसाकमा मैदान बाहिर तीन नायिकाको चश्माको चर्चा निकै चल्यो । नन्दिता केसी, गरिमा पन्त र युना उप्रती तीनै नायिका कालो रेगनका साथमा उपस्थित मैदान बाहिर थिए ।
कार्यक्रममा कार्यक्रम सञ्चालकले कलाकारको परिचय गराउने क्रममा लुम्विनी अञ्चलकी भएकी कारण सवैभन्दा पहिलो पनि मौका पाएकी नन्दिका केसीले आफ्नो परिचय दिन नभ्याउदै कार्यक्रममा उपस्थित दर्शकले चश्मा खोल्न आग्रह गरे । पहिलो त चश्मा खोल्न हिच्किएको नन्दिताले दर्शकका आग्रह टार्न नसकेपछि पछि चश्मा निकाले र दर्शकको वाह वाहीले रंगशाला गुञ्जायमान बनेको थियो । त्यसपछि पालो आयो गरिमा पन्तको । उनले पनि के आफ्नो परिचय सुरू गरिन फेरी दर्शकको हल्ला सुरू भयो चश्मा खोल्नुप¥यो ।
त्यसपछि चश्मा खोल्दै उनले भनिन चश्मा खोल्दा राम्रो कि लगाउदा राम्रो ? दर्शक दीर्घको एउटै उत्तर थियो खोल्दा राम्रो ? अर्को पालो कुरिरहेको नायिका युना उप्रतीले चश्माको अत्याधिक चर्चा हुन थालेपछि पहिले नै चश्मा खोलेर प्रकट भइन र सोध्न थालिन म त पहिले नै चश्मा खोलेर आए ? त्यसपछि दर्शकको वाहवाह बटुलिन उनलेपनि ।
तीनै जना नायिकाहरु फुटवल हेर्न भन्दा पनि आफ्नो चलचित्रको बित्रापन गर्न आएजस्तो लाग्दथ्यो । तीनैजना नायिकाहरु फुटवल खेल्ने जसीमा देखिएपनि उनीहरु फुटवल खेलेनन् । उनीहरुले आफ्नो परिचयको क्रममा मात्र आफ्नो आगामी चलचित्रको बिज्ञापनमात्रै गरे । नायिका नन्दिताले आगामी चलचित्र मालतीको भट्टी र युना र गरिमाले चलचित्र प्रितीको फुलको बिज्ञापन गरे । र दर्शकलाई अपाm्नो चलचित्र हेरिदिन आग्रह पनि गरे । तीनै नायिकाले माथि फुटवल जर्सी लगाए पनि गरिमा स्कर्टमा, नन्दिता ट्राउजरमा र युना जिन्स पेन्टमा कार्यक्रममा देखिएका थिए । देवीनगर रंगशलामा अर्को आर्चश्य के पनि देखियो भने दर्शकले नायक भन्दा पनि बढी खलनायक रूचाए ।
प्राय चलचित्र हेर्दा नायकलाई पर्दामा देखिदा हुटिङ सुरू गर्ने दर्शकहरूको मत शुक्रवार भने उल्टो देखियो । कार्यक्रममा स्थलमा उपस्थित नायकहरू राज तिमिल्सीना, जयकिसन बस्नेत, धिरेन शाक्य, सुमन सिंह भन्दा पनि खलनायक सुनिल थापालाई हेर्न दर्शक धेरै आतुर देखिए । तलदेखि माथिसम्म कालो ड्रेसमा उपस्थित थापाले कार्यक्रममा आएर अभिवादन गरिरहदा दर्शकले तालीले बाजीरहेको थियो । गुण्डा, बदमास भनेर आफुलाई परिचय गराइरहदा दर्शकले दिल खोलेर हासिरहेको देखिन्थे । मुम्वईमा मुन्नी र नेपालमा आफु बदनाम भएको बाक्य टुङयाउदा दर्शकको हासो थामिनसक्नु थियो ।
फुटवल खेल्न्को लागि महानायक राजेश हमाल चर्चित नायिका रेखा थापा पनि आउने भनिएपनि शनिबार भने फुटवल मैदान फिफा टेक्निकलमा राजेश रेखा दुवैजना देखिएनन् । दर्शकलाई आर्कर्षित गर्ने हेतुले केही दिन अगाडिदेखि नायक राजेश र रेखा आउने भनि व्यापक प्रचार प्रसार गरिएको थियो ।

source:-dainikee


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login