क्याम्बोडियामा नेपालीलाई आतंकवादी ठहर गर्दै जेल चलान


४ फागुन, काठमाडौं । क्याम्बोडियाको एक अदालतले आतङकारी समुह अलकायदाको सदस्य भई काम गरेको ठहर गर्दै एक नेपालीलाई आठ वर्षको काराबास सजाय सुनाएको छ ।
 नेपालीसँगै अन्य दुई बंगलादेशी नागरिकलाई पनि अदालतले आतङ्ककारी गतिबिधीमा संलग्न भएको जनाउदै आठ वर्ष जेल सजायको निर्णय गरेको चीनिँया समाचार एजेन्सी सिन्हृवाले जनाएको छ । गत वर्षको अप्रिलमा अमेरिकी, अष्ट्रेलियाली र बेलायती राजदुताबासमा आक्रमण गर्ने धम्कीपूर्ण पत्रमा हस्ताक्षर गरेको भन्दै क्याम्बोडियाको राजधानीस्थित पेन्ह मुनिसिपल कोर्टले उनिहरुलाई सजाय फैसला गरेको हो ।
सजाय पाउनेमा ४४ वषिर्य नेपाली डी.पी. पौडेल, दुई बंगलादेशी नागरिकहरु रफिकुल एस्लामी (४२) र मिया महमद कबिर रहेका छन् । क्याम्बोडियामा गैरकानुनीरुपमा बस्दै आएका नेपाली पौडेललाई जेल सजाय पूरा भएपछि नेपाल डिपोर्ट गरिने बुझिएको छ ।
यसैबीच, बंगलादेशी नागरिक कबिरले आफू निर्दोष रहेको भन्दै फैसलाविरुद्व अदालतमा रिट हाल्ने जनाएका छन् । अभियुक्तहरुले आरोपको अस्विकार गरे पनि आफ्नो बचाउमा पर्याप्त प्रमाण जुटाउन नसकेपछि उनिहरुमाथि कारबाही निर्णय सुनाइएको हो ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login