‘भरत नेपालीलाई बैंककमा गोली हानी हत्या’


४ फागुन, काठमाण्डौ । संचार उद्यमी जमिम शाह र तत्कालीन सांसद मिर्जा दिल सादबेगको हत्या अभियोग लागेका भारतीय अन्डरवल्र्डका नाइके भरत नेपालीको बैंककमा गोली हानी हत्या गरिएको छ ।
भारतीय संचारमाध्यमहरुले मुम्बई प्रहरीको हवाला दिंदै भरत नेपालीलाई बैंककमा गोली हानी हत्या गरेको बताएका छन् । एक सपिङ सेन्टरमा किनमेल गरि फर्किरहेका बखत दुई जना बन्दुकधारीले गोली हानी उनको हत्या गरेको बैंकक प्रहरीले भारत सरकारलाई जानकारी गराएको जी न्यूजले छापेको छ । यद्यपी परराष्ट्र मन्त्रालयमार्फत थप जानकारी लिने काम भइरहेकाले विस्तृत बिबरण दिन नसकिने मुम्बई प्रहरीले बताएको छ ।
सुरुमा भारतीय अन्डरवल्र्ड समुह छोटा राजनको सदस्य रहेका नेपालको वास्तविका नाम भगवन्त सिंह हो । सन् २००५ मा राजन समुहबाट अलग्गिएर समानान्तर समुह संचालन गर्दै आएका नेपालीले पछिल्लो समय स्पेशटाइम नेटवर्कका संचालक जमिम साहको काठमाण्डौंमा हत्या गरेका थिए । साहको हत्यापछि उनले बिभिन्न संचारमाध्यममा फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login