काठमाडौ, फाल्गुन ७ - आमा बन्दै हुनुहुन्छ भने स्वस्थ शिशुका लागि तनावबाट टाढा बस्नुस्, सख्खर खानुस् र व्यायाम गर्नुस् । अनि धूम्रपान र मद्यपानबाट टाढा बस्नुस् ।
बीएलसीसी कम्पनीले गरेको सर्वेक्षणमा यस्तो औंल्याइएको हो । सर्वेक्षणमा उच्च र मध्यमवर्गका एक हजार पाँच सय महिलालाई सामेल गराइएको थियो ।
सर्वेक्षणअनुसार सहरी क्षेत्रमा २४ प्रतिशत बालक अढाई किलोग्रामभन्दा कम तौलका जन्मिएका थिए । १४ दशमलव ७ प्रतिशतको मात्रै सामान्य तौल थियो ।
प्रमुख अनुसन्धानकर्ता वीना अग्रवालका अनुसार जन्मेको समय शिशुको कम तौलका लागि जीवनशैली मुख्य जिम्मेवार छ ।
अग्रवालका अनुसार गर्भावस्थाको पहिलो तीन महिनामा महिलालाई वान्ता, वाक्वाकी र थकानको समस्या देखिन्छ र उनीहरू कम खाना खान्छन् । परिणाम स्वरूप भ्रुणलाई उचित पोषण मिल्दैन । अग्रवालका अनुसार उचित पोषणका लागि महिलाले माल्टयुक्त खाद्यपदार्थ लिनुपर्छ । यसमा अंकुररित गेडागुड सेवन गर्न सकिन्छ ।
सर्वेक्षणअनुसार गर्भवती महिलाले एकपटकमा बढी भोजन गर्नुको सट्टा दिनमा ५ देखि ६ पटक सम्म अलिअलि खाना खान खानुपर्छ ।
यसबाट उनीहरूलाई बढी पोषण प्राप्त हुन्छ । गर्भावस्थाको अन्तिम तीन महिनामा महिलालाई बढी पोषणको आवश्यकता पर्छ । यस्तो बेला दूध, अन्डा, माछा, प्रोटिनयुक्त सब्जी, अनाज र दाल उपयोगी हुन्छन् । सर्वेक्षणअनुसार सन्तुलन कायम राख्न ग्लुकोजको अधिकता भएको भोजन महत्त्वपूर्ण हुन्छ । आमा बन्ने महिलालाई भोजनमा सख्खर सामेल गर्नु सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तनावका कारण शिशुको तौल कम हुन्छ र यसलाई हटाउने सबैभन्दा उत्तम उपाय गर्भवती महिलाले व्यायाम गर्नु हो ।
source:-ekantipur










0 commentaires