मण्डपमै रोकियो बाल विवाह


दुधरास (दाङ), फाल्गुन ७ - बिहेको सम्पूर्ण विधि पूरा भइसकेको थियो । चारैतिर जन्तीको लस्कर । मण्डपमा दुलही राखेर सिन्दूर हाल्ने तयारी भइरहँदा एकाएक बालबालिकाको जुलुसै आएर मण्डप घेरा हाल्यो । जन्तीहरू छक्क परे । केहीबेरमा थाहा भयो, दुलहीले बालविवाह रोकी पाउँ भन्दै विद्यालयको मानव अधिकार क्लबमा उजुरी गरेकी रहिछन् ।
'बालविवाह गराउन पाइँदैन' भन्ने नारा लगाउँदै बालबालिकाले मण्डप घेरिरहँदा केहीले पुलिसलाई खबर गरे । जबर्जस्ती हुन लागेको बिजौरी १ दुधरासकी १३ वषर्ीया रीता डाँगीको बिहे बुधबार बालबालिकाकै दबाबका कारण रोकियो । प्रहरीले मण्डपबाट रीताका बुवा अमरसिं र आमा मीनालगायत केटा पक्षका केही मानिसलाई पक्राउ गर्‍यो ।
बालबालिकाको तीव्र दबाबपछि बाआमा पनि विवाह नगराउने सहमतिमा पुगे । स्थानीय उच्चमावि दुधरासमा ६ कक्षा अध्ययनरत रीताको बिजौरी छिल्लीकोटस्थित २५ वर्षिय एक युवासँग जबर्जस्ती बिहे हुन थालेको थियो । 'दिदी सीताको बिहे गर्ने भनेकोमा उनी भागेपछि बहिनीलाई बिहे गरिदिने तयारी भएको थियो,' मानव अधिकार बालक्लबका उपाध्यक्ष अन्नपूर्ण श्रेष्ठले भने, 'कानुनविपरीत हुन थालेको बिहे रोकिपाउँ भनी रीताले उजुरी दिएपछि हामीले रोकिदिएका हौं ।'
बालबालिकाले नै बालविवाह रोकेको यो जिल्लाकै पहिलो घटना भएको महिला विकास कार्यालयकी बाल अधिकार अधिकृत रश्मि पाण्डे बताउँछिन् । विद्यालयमा मानव अधिकार शिक्षाबारे पनि पढाइ हुन थालेपछि १८ वर्षमुनिका बालबालिकाले विवाह गर्न नहुने कानुनी कुरा थाहा पाएको रीताकी सहपाठी कल्पना ओलीले बताइन् । 'शनिबारको दिन परेको भए विवाह भइहाल्दोरहेछ,' विद्यालय पोसाकमै विवाह मण्डपमा पुगेकी कल्पनाले भनिन्, 'विद्यालय लागेको बेला भएकाले उनले हामीलाई जानकारी गराउन पाइन् ।'
बालबालिकाले गरेको यो कामले अन्य बालबालिका र अभिभावकलाई पनि पाठ सिकाएको मानव अधिकार तथा कानुनी सेवा केन्द्रका कार्यक्रम संयोजक विनोद केसीले बताए ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login