८ हजार सर्वसारधाणद्वारा सामुहिक गिरफ्तारी


सिलिगुडी, फाल्गुन २ - सुरक्षाकर्मीको धरपकड र दुर्व्यवहारको विरोध गर्दै  ८ हजार वढी सर्वसारधाणले सोमवार सामुहिक गिरफ्तारी दिएका छन् ।
राज्य सरकारद्धारा परिचालित सीमा सुरक्षा वल र केन्द्रीय अर्ध सैनिक वलले सर्वसाधारणमाथि रातको समयमा आएर कुटपिट र लुटपाट समेत गरेको भन्दै सामुहिक गिरफ्तारी दिइएको हो । मोर्चाका महासचिव रोशन गिरीका अनुसार दार्जिलिङ, खर्साङ, मिरिक र कालिम्पोङका गाउँ गाउँबाट सर्वसाधारणले स्वतस्फुर्त गिरफ्तारी दिएका हुन् । गिरीले वंगाल सरकारको अत्याचारका विरुद्धमा सामुहिक गिरफ्तारी सुरु गरिएको बताए । यता ६ दिन देखि जारी अनिश्चितकालीन दार्जिलिङ वन्द अझै यथावत छ ।
मोर्चाले सर्वसाधारणको असुविधालाई मध्यनजर गर्दै एक दिनका लागि वन्द खोल्ने जनाएपनि सर्वसाधारणले नखोल्न आग्रह गरेपछि यथावत राखियो । मोर्चा महासचिव गिरीले भने,'सर्वसाधारणले निर्णयमा पुर्‍याएर मात्रै खोल्न आग्रह गरे, त्यसैले यथावत राखियो ।' मोर्चाले डुवर्समा भने दुई अघि नै वन्द खोलेका थियो ।
यसैवीच जारी गोर्खाल्याण्ड आन्दोलनलाई पूर्वोत्तरका नेपालीभाषिले साथ दिने भएका छन् । मोर्चाको उत्तरपूर्वी समन्वय समिति मेघालयका सचिव वीआर जोशीले गोर्खाल्याण्ड आन्दोलन निश्कर्षका पुर्याउन पूर्वोत्तरका नेपालीभाषिको साथ रहने बताए । उनले गोर्खाल्याण्डको निर्माणपछि पूर्वोत्तरका नेपालीभाषिले सुरक्षित महसुस गर्ने बताए ।
पूर्वोत्तर राज्यका विभिन्न नेपालीभाषि संघ संस्थाहरुले असमको गुवाहाटीमा गोर्खाल्याण्डको माग गर्दै बिहीवार धर्ना समेत दिएका थिए । पूर्वोत्तर भारतको असम, मेघालय, मिजोराम, नागाल्याण्ड, अरुणान्चल, मणिपुर, त्रिपुरालगायतका क्षेत्रमा २७ लाख वढी नेपालीभाषि वसोवास गर्दै आएका छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login