हामी त 'भ्यालेन्टाइन किस' साटासाट गरेर मनाउथ्यौँ | जालीका लागि जे-जति गरे पनि त्यसले कुनै अर्थ राख्दैन
'मौका पर्दा म पनि मनाउँछु'
नरहरि आचार्य
हिजोआज विभिन्न देशका मानिसका आवतजावतसँगै सांस्कृतिक अन्तरसम्बन्ध पनि बढेको छ । संस्कार र संस्कृति मिश्रति बन्न पुगेका छन् । यस्ाकै उदाहरण हो- भ्यालेन्टाइन्स डे । यसलाई भित्र्याउनुमा सञ्चारमाध्यमको पनि उत्तिकै हात छ । जे जसरी भित्रे पनि यस्तो स्ांस्कृति मान्नेले समाजअनुकूल रचनात्मक र सिर्जनात्मक ढंगले मनाउनुपर्छ । म भ्यालेन्टाइन्स डे खत्तम हो, बेकार हो भन्दिनँ । यसलाई हामीले कत्तिको सिर्जनात्मक बनायौँ भन्ने कुराले महत्त्व राख्छ । भ्यालेन्टाइन्स डे सुरुआतबारे अध्ययन-अनुसन्धान अभावमा यो युवा पुस्ताका लागि मात्र भएजस्तो देखिन्छ । त्यसलै उनीहरू धुमधामले मनाउने तयारीमा भएको खबर देख्न र सुन्न थालिएका छन् । यो सबै वर्ग र समूहका लागि हो भन्ने सन्देश पुगेन कि ? यसको मनाउने तौरतरिका समाजअनुकूल सहज र सिर्जनात्मक बनाउनु जरुरी छ । म आफँै पनि मौका परिआएमा भ्यालेन्टाइन्स डे मनाउँछु । यसपालि भने त्यो अवसर जुर्ने छाँट छैन । अरू नै कामको व्यस्तताले योपटक बनाउनु कुनै योजना छैन । युवा छँदा अरूका प्रेमपत्र लेखिदिने र पढ्ने काम पनि गरियो । ५/६ वर्षअघि मात्र पनि भ्यालेन्टाइन मनाउने अवसर जुरेको थियो । त्यतिवेला एकपटक नगरकोट र अर्कोपटक पोखरा गएर रमाइलो गरेका थियौँ ।
'फोनबाटै किस साट्नेछु'
झरना थापा, नायिका
प्रयण दिवस युवापुस्तामा मात्र सीमित छ । तर, प्रेम जुनै समूह र वर्गका मान्छेका लागि नभई हुदैन । त्यसैले प्रेम दिवसको सन्देश सबैसम्म पुग्न सकेको छैन । आमाबुबा दाजुभाइबीच माया साटासाट गरेर पनि प्रेम दिवस मनाउन सकिन्छ । यो कमजोर पक्ष हो ।म कलेज पढ्दैदेखि भ्यालेन्टाइन्स डे मनाउँथेँ । आपनो केटा साथी सुनिलजीसित भ्यालेन्टाइन्स डे मनाइन्थ्यो । अहिलेजस्तो तडक-भडक ढंगले कहाँ मनाउनु ? हामी त 'भ्यालेन्टाइन किस' साटासाट गरेर मनाउथ्यौँ । सधैँ त्यही परम्परा बनिसकेको थियो । योपटक भने म पोखरा छु त्यसौले फोनबाटै माया साटासाट गरिन्छ । सधैँ मनाउँदै आएकाले अलिकति नरमाइलो लागिरहेको छ । काम व्यस्तताले भेट्न नसकिने अवस्था छ । हिजोआजका युवामा बढी तडक-भडक बढेको देख्दा दुःख लाग्छ । चोखो माया गर्नेका लागि सानो फूलको थुँगा नै महान् उपहार हो । जालीका लागि जे-जति गरे पनि त्यसले कुनै अर्थ राख्दैन । त्यसैले पवित्र र चोखो माया चिनेरमात्र प्रेममा बाँधिनु हुन युवापंक्तिलाई मेरो सुझाव छ ।
'महँगो उपहारमा स्वार्थ हुन सक्छ'
नलिना चित्रकार, पपगायिका
नेपालमा भ्यालेन्टाइन्स डे सुरु भएदेखि म कुनै न कुनै रूपमा मनाउँथेँ । बिहे नहुन्जेल त धुमधाम नै हुन्थ्यो । अहिले भने त्यस्तो केही छैन । पछिल्ला वर्षमा प्रेम दिवस मनाउने ठिटाठिटी बढी नै विकृत बनेको भन्ने सुन्छु । साँच्चै भन्नुपर्दा प्रेमका नाममा बिहान एउटा दिउँसो अर्कै र बेलुका स्पेसललाई भेट्नेखालका नक्कली 'मायाजाल' बुन्ने प्रेमी छन् । यसले भोलिको समाज कता जाने हो भन्ने चिन्ता छ ।हाम्रो जमाना त्यस्तो थिएन । मैले पनि पहिलेका केटा साथी (हालका श्रीमान्) सञ्जीव मिश्रसित कैयौँपटक भ्यालेन्टाइन्स डे मनाए । एकपटक बनेपा जाँदै थियौँ । रमाइलो गर्ने योजनामा हिँडेका थियौँ । तर, सञ्जीवको फोनले हैरान बनायो । त्यसले गर्दा उनीसित मेरो सामान्य भनाभन भएको थियो । यो घटना म अहिले पनि सम्झन्छु । योपटक हाम्रो प्रेम दिवस मनाउने कुनै त्यस्तो योजना छैन । भ्यालेन्टाइन मनाउनेलाई मेरो सल्लाह छ फूल साटासाट गरेर मात्र पनि यो मनाउन सकिन्छ । महँगा गिफ्टट दिएरमात्र सफल हुँदैन । बरु महँगा गिफ्टमा कुनै स्वार्थ लुकेको हुन सक्छ, त्यसबारे वेलैमा सचेत हुनुहोला ।
'श्रीमतीको मार्केटिङ गरिदिन्छु'
यो विदेशी सस्कृति भए पनि मान्नै हुन्न भन्ने पक्षमा म छैन । भ्यालेन्टाइन्स डेका नाममा विसंगति बढेको छ । यो युवायुवतीको पेवा भनेझै भएको छ । खासमा त्यस्तो हुनु नपर्नेजस्तो लाग्छ । भ्यालेन्टाइ डे सुरु भएको देशमा त कसरी मनाउँछन्, त्यो मलाई त्यत्ति जानकारी छैन । तर, नेपाली युवामा भने प्रेम दिवसको गहिरो प्रभाव परेको देखिन्छ ।
पहिला-पहिला मलाई भ्यालेन्टाइन्स डेबारे थाहा थिएन । पारिवारिक संस्कार नभएकाले पनि होला । मैले कहिले कसैलाई फूल दिने उपहार टक्य्राउने गरिनँ । त्यसप्रति रुचि नै नभएकाले 'फोकटमा' के गरे होलान् जस्तो लाग्थ्यो । तर, अहिले मान्नेप्रति मेरो आपत्ति छैन । खाली 'घाँटी हेरी हाड निल्नु' भन्ने सुझावमात्र हो ।
दुई/चार वर्षयता यो दिवसको चर्चा व्यापक भएको छ । यसैले पछिल्लोपटक मलाई पनि तानेको छ । भ्यालेन्टाइन्स डेमा परिवारका सदस्य भेला हुने योजना छ । केही दिनपछि श्रीमती धनगढी जाँदै छिन् । त्यसैले केही मार्केटिङ गर्नु छ । उनी जे रुचाउँछिन् त्यही किन्दिन्छु । अरू विशेष योजना छैन ।
प्रस्तुतिः रामदत्त
source:-nayapatrika












0 commentaires