लोडसेडिङबाट दैनिक १ करोड घाटा


फागुन, परासी । लोडसेडिङको समस्या बढ्दै गएपछि नवलपरासी जिल्लाको उद्योग व्यापारमा दैनिक रु एक करोड बढी नोक्सानी हुँदै गएको सरोकारवालाले बताएका छन् । लोडसेडिङका कारण उद्योग व्यापार प्रभावित हँुदा जिल्लामा ठूला साना गरी ८०० भन्दा बढी उद्योग कलकारखानालाई निकै असर पारेको छ । दैनिक उद्योग व्यापारमा रु एक करोडभन्दा बढी नोक्सानी यो क्षेत्रले बेहोर्दै आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैजनाथ जयसवालले बताउनुभयो ।
दैनिक १४ घन्टाको लोडसेडिङका कारण जिल्लामा निजी क्षेत्रका उद्योग व्यापार दिनप्रति दिन धरासायी बन्दै गएको छ भने यसको प्रत्यक्ष असर कामदारमा पनि परेको छ ।
उद्योग नचल्दा मजदुरहरूको दैनिक जीवनयापन पनि समस्याग्रस्त बन्दै गएको छ । नवलपरासीमा ७० हजारभन्दा बढी कामदार विभिन्न उद्योग कलकारखानामा काम गर्दै आएका छन् ।
यो समस्याबाट उत्पादन प्रभावित भई व्यापारमासमेत प्रतिकूल असर परेको सङ्घका कार्यकारी सचिव रामशङ्कर कुर्मीले बताउनुभयो ।
जिल्लामा ठूला ६, मझौला २३, साना २०० र घरेलु लघु उद्योग ६०० गरी ८०० भन्दा बढी उद्योग सञ्चालनमा रहेको सङ्घका महासचिव केशव भण्डारीले बताउनुभयो ।
निजी क्षेत्र बिना देशको आर्थिक विकास सम्भव नभएकाले सरकारले उद्योग कलकारखानाका लागि पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न आवश्यक रहेको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य वीरेन्द्र अग्रहरीले बताउनुभयो । रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login